‘बाह्र नेपाली एक चिहान’: सेन्सर फुकुवा



12  Nepali 1 Chihanठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘बाह्र नेपाली एक चिहान’ अन्तत: सेन्सर फुकुवा भएको छ । सेन्सरको लामो समयको विवाद आएको यो चलचित्र बुधवार मात्र सेन्सर फुकुवा भएको हो । चलचित्रले सेन्सरबाट पिजि सर्टिफिकेट पाएको छ ।

सेन्सरमा ‘फिल्ममा राखिएको अमेरिकाको झण्डाका दृश्यलाई हटाउने बाहेक अरु कुनै दृश्य काटिएको छैन । २०६१ साल भदौ १५ मा इराकमा मारिएका १२ जना नेपालीको कथामा आधारित बाह्र नेपाली एक चिहानलाई यसअघि सञ्चार मन्त्रालयले सेन्सर सिफारिस नगर्न चलचित्र विकास बोर्डलाई आग्रह गरेर पत्र लेखेको थियो ।

फिल्ममा भएका हिंसाका दृश्यका कारण फिल्मले पिजि पाएको हो’, निर्देशक अरुण प्रधानले ठुलोपर्दा डटकमसँग भने । यो चलचित्रमा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu