अर्चनाको जवानी देखाउँदै ‘आवेग’ सुरु



archana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आइटम गीतको छायांकनसँगै चलचित्र ‘आवेग’को सुटिङ आरम्भ गरिएको छ । काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमबाट छायांकन थालिएको हो । बिहिवार नायिका अर्चना डेलालाले महंगो सेटमा आइटम नृत्य गरिन् ।

यो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको जनाएको छ । ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् । यस गीतमा अर्जुन पोख्रेलले संगीत दिएका छन् ।

आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए । आईटम गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन पुरुषोत्तम प्रधानले गरेका छन् ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने चलचित्रका निर्माता गीतकार समेत रहेका सूर्य कार्की हुन् । यो चलचित्रमा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu