रेखाको एक्शनमा ‘हिम्मतवाली’ ट्रेलर (भिडियो)



rekha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
रेखा थापाको निर्माण तथा निर्देशन रहेको नेपाली चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर सार्वजनिक भएको छ । फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा रेखाको साथमा दुवै हात नभएका नायक सुदर्शन गौतमको मुख्य अभिनय रहेको छ ।

यो चलचित्रमा रेखा एक्शन स्टारको रुपमा देखिएकी छिन् । चलचित्रमा उनले खतरनाक स्टन्ट दिएकी छिन् । चलचित्र ‘हिम्मतवाली’ मा द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् भने बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको छ । रामशरण उप्रेतीले छायाँकन गरेको ‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने रेखाकी आमा सरस्वती थापा निर्माता रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu