कमर्सियल पाटो मात्र कलाकारको सफलता होइनः प्रशान्त तामाङ्



prashantठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रशान्त तामाङ नाम धेरैमा परिचित छ । ‘ईन्डियन आईडल’ बनेपछी हिट बनेका प्रशान्त नेपाली सिने उद्योगमा प्रवेश गर्नासाथ पहिलो सिनेमाबाटै हिट बने । गायन र अभिनय दुबै क्षमताका धनी प्रशान्तले अभिनय गरेको पहिलो चलचित्र ‘गोर्खा पल्टन’ अहिले पनि नेपाली बक्स अफिसमा सर्वाधिक आम्दानी गर्ने चलचित्रको सुचीमा ‘टप थ्री’ छ । तर त्यसपश्चातका चलचित्रमा भने उनी खासै जम्न नसकेको अवस्थामा पुनः नयाँ चलचित्र ‘निशानी’ हाल प्रदर्शनको तयारीमा छ ।

‘गोर्खा पल्टन’ फ्लेभरमा नै ‘फौज’को कथालाई समेटेर तयार यो चलचित्रबाट पुनः प्रशान्तलाई ‘हिट’ बनाउँछ या बनाउँदैन भन्ने कौतुहलता दर्शकमाझ बढीरहँदा प्रशान्त भने कमर्सियल पाटोलाई मात्र कलाकारको सफलता अनि असफलताको माध्यमको रुपमा तौलिन नहुने बताउँछन् । राजधानीमा चलचित्रका युनिटसँगै भेटिएका प्रशान्तले गोर्खा पल्टनको इतिहासलाई दोहोर्याउने किसिमको कथामा नै ‘निशानी’ बनेको भन्दै दर्शकले यो पटक पनि आफु र आफ्नो चलचित्रलाई माया गर्ने बताउँछन् ।

यथार्थपरक बिषयमा तयार भनिएको यो चलचित्रले गोर्खालीहरुको विरताको इतिहासलाई नजिकबाट बुझ्नको लागी सघाउने निर्देशक विनोद सेरेङ्ग बताउँछन् । उनका अनुसार चलचित्रले फौजमा आवद्ध नेपालीहरुको जीवन कहानीलाई समेटेको छ ।

‘निशानी’मा प्रशान्त तामाङसँग अनु गुरुङ र विष्णु चेम्जोङले अनस्क्रिन रोमान्स गरेका छन् । भने सिरु बिष्ट, प्रेम सुब्बा, सुरज रानाभाट, कोपिला थापा, विकास खड्का, अस्मी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

युवराज राईले खिचेको यो चलचित्रमा नृत्य गोविन्द राई र शिव शर्माको रहेको छ भने सम्पादन बिपिन मल्लको रहेको छ । प्रेम सुब्बा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता सरोज भण्डारी हुन् । चलचित्रमा बिशेषतः लमजुङको पर्यटकिय गाउँ घलेगाउँका दृश्यहरु समावेश छन् । चलचित्र भदौ २७ गतेबाट अलनेपाल रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu