चलचित्र छाडा, अश्लिल र अराजकहरुबाट मुक्त हुनुपर्छः प्रचण्ड



prachandaठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष प्रचण्डले चलचित्र क्षेत्रलाई छाडा, अश्लिल र अराजकहरुको भीडबाट मुक्त गराउनुपर्ने बताएका छन् । गल्यामरसको नाममा नेपाली सिने उद्योगमा बिकृतीको बिजारोपण भन्दै प्रचण्डले चलचित्र क्षेत्र समाजलाई जागृत गराउने पथमा अघी बढ्नुपर्ने बताए ।

राज्यले नेपाली चलचित्र क्षेत्रलाई ‘लावारिश’ बनाएको भन्दै त्यसको समाधान निश्चित निती र योजना अघी बढाएर अघी बढेमा मात्रै हुने बताए । एमाओवादी निकट चलचित्रकर्मीहरुको छाता संगठन ‘अखिल नेपाल चलचित्रकर्मी संघ’को दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथी बनेर पुगेका प्रचण्डले श्रमजिवी जनतालाई जागृत गराउने मार्गदर्शकको भुमिकामा चलचित्र क्षेत्र लाग्नुपर्ने औँलाए ।

सम्मेलनको शुक्रबार नै बन्दसत्र सकीएको छ । नयाँ नेतृत्व चयन गर्ने भनिए पनि शनिवार एमोवादी केन्द्रिय कार्यालय पेरिसडाँडामा मात्रै पदाधिकारीहरुको चयन गरिने भएको छ । संघको नयाँ नेतृत्वको लागी संगीतकार चेतन सापकोटाको नाम चर्चामा छ भने महासचिव पदको लागी निर्देशक राजु केसी अघी सरेका छन् । त्यस्तै निर्देशक अग्रज केसीको नाम पनि महासचिवमा नै चर्चामा छ ।

सुरुमा ३६ सदस्यिय केन्द्रिय समिती चयन गरिसकेपछी त्यसै भित्रबाट पदाधीकारीहरुको चयन गरिनेछ । फिल्मी शैलीमा अध्यक्ष प्रचण्डको हातबाट क्ल्याप ठोकेर सम्मेलनको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu