‘नाइके’ले झनै उचाइमा लैजाने छः योगेश



yogesठुलोपर्दा डटकम, काठमाण्डौ ।
सिनेमा ‘नाइके’को शीर्ष गीत यतिबेला चर्चामा छ । नाईकेका कलाकारलाई पर्दामा हिट बनाउन संगीतलाई बलियो बनाउने पर्दा पछाडिका हिरो बनेका छन् संगीतकार योगेश काजी ।

रिलिज हुन लागेको सिनेमाको संगीतलाई लिएर योगेश निकै उत्साहित छन् । दशकदेखि संगीतमा लागेका योगेशको यो पाँचौ सिनेमा हो । पछिल्लो समय रिलिज भएको एकल एल्बम ‘प्लेटर्फम’ले पनि योगेशलाई चर्चा दिलाएको थियो ।

‘नाइके’, ‘घात’, ‘गन्तव्य’ र ‘ओझेल’मा काम गरिसकेका योगेशद्धारा संगीतबद्ध सिनेमा ‘मान्छे’ छायांकनमा जाने तयारीमा छ । मान्छेमा आफूले मानवीय संवेदनालाई बुन्ने प्रयत्न गरेको उनले बताए । उनकै संगीतमा ख्यातिप्राप्त कलाकारले पनि गाएका छन् र चर्चा बटुलेका छन् ।

पोखरामा रहेर दशकदेखि संगीतमा सक्रिय योगेशद्धारा संगीतबद्ध सिनेमा ‘नाइके’ चाँडै रिलिज हुँदैछ । ‘नाइकेले मलाई झनै उचाइमा लैजाने विश्वास लिएको छु’ योगेश भन्छन्, ‘अब सिनेमा संगीतलाई बलियो तुल्याउन हामीसबै एकजुट हुनुपर्ने खाँचो मेरो छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu