दोश्रो हप्तामा पनि देशैभर हाउसफूल ‘कोहिनूर’ | ‘श्री’को सम्मान



kohinoor

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र रिलिजको दोश्रो दिन दिल्लीमा देह त्याग गरेका नायक श्रीकृष्ण श्रेष्ठले बनाएको चलचित्र ‘कोहिनुर’ दोश्रो हप्तामा पनि देशैभर हाउसफुलका साथ चलिरहेको छ । दोश्रो हप्ताको शनीवार बिहानैदेखी नयाँ रेकर्डहरु बनाउँदै ‘कोहिनुर’ले नेपालको इतिहासमा नै सफल चलचित्र बन्ने संभावना देखाएको छ । पहिलो साता करिव साढे दुई करोडको व्यापार गरेको अनुमान गरिएको कोहिनुरले सबै रेकर्ड तोड्ने वितरकहरुले जनाएका छन् ।

चार बर्षदेखि हाउस फूल हुन नसकेको काठमाण्डू कालोपुल स्थित हिरारत्न हलको बिहानीको शो पनि हाउस फुल भएको छ । मल्टीप्लेक्स तर्फ क्यूएफएक्स कुमारी सहित सिभिल मलमा सम्पूर्ण शो सोल्ड आउट भएका छन् । यो मेरो १५ बर्षे फिल्मी करिअरकै पहिलो अनुभव हो । राजधानी वितरण हेरिरहेका वितरक सुनील मानन्धरले बताएका छन् । उता मोफसल वितरण हेरिरहेको एफडी कम्पनीले पनि कोहिनूरको ब्यापारलाई ईतिहासमै पहिलो पटक भनेको छ ।

kohinoor-promo

कोहिनुरले हेटौडाको सुविधा सम्पन्न हल ओम्याक्समा अजय देवगणको फिल्म सिंघम रिर्टनस् लाई रिप्लेस गरिदिएको छ । मेजर स्टेशनहरु पोखरा, बुटवल, धरान, नारायणगढमा दर्शक किरा सरी उपस्थित भएको रिपोर्ट आएको छ । केहि हलमा गैरकानुनी तवरले ब्ल्याकमा समेत टिकट विक्रि भईरहेको दृश्य देखिएका छन् ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानमा दर्शकले हलमा बाक्लो देखाईरहेका छन् उपस्थिती । कोहिनूरका निर्देशक आकाश अधिकारीले श्रीको सम्मानमा दर्शकले देखाएको मायाको ऋण कहिलै तिर्न नसकिने प्रक्रिया दिएका छन् ।

यो चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठ र उनकी पत्नी स्वेता खड्काको मुख्य अभिनय रहेको छ । दर्शकको यो मायालाई श्रीको सम्मान र स्वेताको हौसलाको रुपमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu