‘मिस नेपाल युएस’मा सुरज सुब्बाको ‘जजमेण्ट’



miss-nepal-us

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ‘मिस नेपाल युएस’को बिशेष निर्णायक हुने भएका छन् । अगष्ट २३ मा युएसमा आयोजना हुने उक्त प्रतिष्पर्धात्मक कार्यक्रमको लागि नाल्बो अगष्ट २० मा त्यसतर्फ जाँदैछन् ।

यसपालीको कार्यक्रम ‘मिस नेपाल युएस’को चौँथो सँस्करण हो । निर्णायकको भूमिका निभाएर अगष्ट २८ मा सुब्बा स्वदेश फर्किनेछन् । नेपाली निर्देशक सम्भवत यसअघि युएसमा आयोजना हुने यस प्रकारका कार्यक्रममा निर्णायक बनेका छैनन् ।

‘मिस नेपाल युएस’ लाई इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आईरहेको छ । कार्यक्रम क्विन थिएटर, न्युयोर्कमा हुने बताईएको छ । उक्त कार्यक्रमलाई पुर्व मिस नेपाल मलिना जोशीले सञ्चालन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu