परिवारबाटै बेचिएकी चेलीको कथामा ‘सानी’



sani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चेलिबेटी बेचविखनको कथालाई जोडेर तयार चलचित्र ‘सानी’को आईतवार राजधानीमा पहिलो पटक ‘स्कृन प्ले’ गरिएको छ । सुन्धारा स्थित ‘सिने डि शेफ’मा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा यो चलचित्रलाइ पहिलो पटक प्रदर्शन गरिएको हो ।

परिवारका कारण बेचिएकी एक युवतीको कथालाई जोडेर तयार चलचित्रको प्रदर्शनी कार्यक्रममा सभासद भिमसेनदास प्रधान सहित माईती नेपालकी अध्यक्ष तथा समाजसेवी अनुराधा कोईराला लगायतको उपस्थिती थियो । फिल्मका लेखक तथा निर्देशक सुनिल पाण्डेका अनुसार फिल्मले रोजगारीका नाममा गाउँबाट आफन्तले बालिका तथा महिलाहरुलाई शहरमा ल्याएर गार्मेन्ट फ्याक्ट्रीमा काम लगाउने तथा अन्य यौनजन्य क्रियाकलापमा संलग्न गराउने क्रियाकलापलाई प्रस्तुत गरेको छ ।

बेनी कार्कीले निर्माण गरेको फिल्ममा दिलिप गौतम, कञ्चननाथ योगी, सुशिल पोखरेल र सपन श्रेष्ठलगायतले अभिनय गरेका छन् । फिल्ममा न्यु बज्राचार्यको संगीत, कविराज गहतराजको नृत्य, श्रीकृष्ण विशुंकेको सम्पादन रहेको छ ।

चलचित्र हेरिसकेपछी दर्शकहरुले समाजमा विद्धमान चेलिबेटी बेचविखनको कथा तथा महिलाहरु माथी गरिने अत्याचारको कुरालाई चित्रण गरेकोमा चलचित्र युनिटको राम्रो काम गरेको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu