आयुषा कस्की, बिर्खे या रेश ?



aayusha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मोडल आयुषा राईको व्यस्तता बढेको छ । म्यूजिक भिडियोमा जमेकी आयुषा यतिबेला चलचित्रकी नायिका बनिसकेकी छिन् । भदौ २० गते रिलिज हुने चलचित्र ‘बिर्खेलाई चिन्छस्’मा सुवास थापाकी नायिका बनेकी आयुषाको भर्खरै एउटा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मुस्कान श्रेष्ठको स्वरमा रहेको ‘बिर्सन सक्दिन’ बोलको गीतको भिडियोमा आयुषा नायक रेश मरहठ्ठासँग देखिएकी छिन् । भिडियोमा आयुषाले वियोगमा बाँच्नुपरेको छ । रमेश परियारका शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन् । भिडियो मल्टीमेटले तयार पारेको हो ।

बिर्खेसँग की रेशसँग आयुषाको जोडी राम्रो ? भदौ २० पछि बिश्लेषण गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu