‘अझै पनि’ निर्मात्रीको डिजाईनमा र्‍याम्प शो



र्‍याम्पमा मोडल (बायाँ) र निर्मात्री तथा डिजाईनर गौतम
र्‍याम्पमा मोडल (बायाँ) र निर्मात्री तथा डिजाईनर गौतम

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागु पूर्णिमामा रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ निर्मात्री पुनम क्षेत्री गौतमको चर्चा चलचित्र अगाडी नै फेशन डिजाईनिङ्मा थियो । चलचित्र निर्माणसँगै त्यो पहिचान थप उचाईमा पुगेको छ । अहिले उनि स्टेज कार्यक्रममा पुग्दा आफ्नो चलचित्रलाई अगाडी सार्न पछि पर्दिनन् ।

आइतवार साँझ पनि उनि एक कार्यक्रममा देखिईन् । सिनेयात्री मासिक पत्रिकाको चौधौँ बार्षिकोत्सवको अवसरमा आयोजित ‘सिनेयात्री स्टार -२०७१’मा पुनमले आफ्नो कौशलतालाई देखाएकी छिन् । उनको क्रियशनमा डिजाईन भएका ड्रेसमा महिला तथा पुरुष मोडलले र्‍याम्प नापेका छन् ।

जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको उक्त फेशन शोमा पुनममा आकर्षक डिजाईन प्रस्तुत गरिएको थियो । सोहि कार्यक्रममा अन्य थुप्रै चर्चित कलाकारहरुको नृत्य तथा गायन प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu