कसरी तोड्छन् आर्यनले मान्छेको मन ? (भिडियो)



aaryan-silpa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नवल नेपाल निर्देशित चलचित्र ‘लज्जा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा चलचित्र भित्र समावेश प्रेम, रोमान्स तथा द्वन्द्वका बिभिन्न पाटोहरुलाई समेट्ने प्रयास गरिएको छ । ट्रेलरले नै राम्रो चलचित्र बनेको आँकलन गर्न मिल्ने भन्दै सुरुवातमा नै निर्देशक नवल प्रशंसाका पात्र बनेका छन् ।

चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोखरेल लिड रोलमा छन् । त्यसो त नेपाली म्युजिक भिडियो तथा मोडलिङमा राम्ररी जमेकी शिल्पाको यो डेब्यु चलचित्र पनि हो । छविराज प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्र तिहारको छेकोमा कार्तिकमा प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu