श्रीकृष्ण श्रेष्ठको निधनमा चलचित्र पत्रकार संघद्वारा शोक प्रस्ताव पारित



shree-sweta

ठूलोपर्दा डटकम, काठमाडौँ ।
नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन २४ गते भएको असाहमयीक निधन प्रति चलचित्र पत्रकार संघले शोक प्रस्ताव पारित गरेको छ । संघका अध्यक्ष शान्तीप्रियको अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले भारतको नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचाररत अवस्थामा भएको अभिनेता श्रेष्ठको निधनले संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु मर्माहित भएको भन्दै उक्त प्रस्ताव पारित गरेको हो ।

श्रेष्ठको निधनले नेपाली फिल्म क्षेत्र जगतमा अपुरणीय क्षति पुर्याएको महशुस गरेको जनाउंदै यस दुःखद घडिमा मृतात्माको चीर शान्तिको कामना गर्दै चलचित्र पत्रकार संघले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले श्रेष्ठकी श्रीमति अभिनेत्री स्वेता खड्कासहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै श्री पशुपतिनाथले परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गर्ने शोक प्रस्ताव पारित गरेको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

यसैगरी चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका निम्ति चलचित्र पत्रकार संघले आगामी भदौ २६ गतेदेखि २९ गतेसम्म हेटौडामा कार्यशाला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । चलचित्र पत्रकार संघ केन्द्रले आयोजन गर्ने कार्यशालाको स्थानीय संयोजकका रुपमा चलचित्र पत्रकार संघ मकवानपुर शाखालाई जिम्मा दिने निर्णय पनि गरेको छ । उक्त कार्यशालामा कलाकार र पत्रकारबीचको सम्बन्ध, पछिल्लो समयमा आएका विवादका विषय, सम्बन्ध सुदृढिकरण लगायतका विषयमा विज्ञ तथा कलाकारको उपस्थितिमा अन्तरक्रिया हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu