‘झोला’ र ‘मोक्ष’ मध्ये एक चलचित्र ओस्कार आवार्डमा सहभागी हुने



jhola-mokshya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सय बर्ष पुरानो सति प्रथाको कहानी समेटेको चलचित्र ‘झोला’ र म्यूजिकल जर्नीमा आधारित चलचित्र ‘मोक्ष’ मध्ये एक चलचित्र यो संस्करणको ओस्कार आवार्डमा सहभागी हुने पक्का भएको छ । ‘झोला’, ‘मोक्ष’ र ‘कबड्डी’ तीन चलचित्र मध्ये प्रतिष्पर्धाबाट एक चलचित्रले अवसर पाउने अवस्थामा निर्माता संघको सदस्यता अनिवार्य हुनुपर्ने विषयमा ‘कबड्डी’ सिधै बाहिरिएपछी अन्ततः उल्लेखित दुई चलचित्रको ओस्कारमा सहभागीताको लागी प्रतिष्पर्धा पक्का भएको हो ।

८७ औं ओस्कार अवार्डमा सहभागीताको लागी ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले फिल्म दर्ताको लागी आह्वान गरेकोमा ‘झोला’ र ‘मोक्ष’ दर्ता भएका हुन् । दर्ता भएका यि दुई चलचित्र मध्येबाट विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले एकलाई ओस्कारमा सहभागीताको लागी सिफारिस गर्नेछ ।

आउँदो अक्टुवर १ सम्म ओस्कारमा सहभागी हुने चलचित्रको नाम दर्ता गराई सक्नुपर्नेछ । ‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस’ले नेपालमा गठित ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति’लाई तोकिएको मापदण्ड पुरा भएको एक चलचित्र सिफारिसको लागी पत्र लेक्ने गरेको छ ।

नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेको’ झोला’ सतिप्रथामा आधारित चललित्र हो । राज तिमिल्सेना, मालती शाह र सुशिल शाहको लगानी रहेको यो चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका छन्, जहाँ गरिमा पन्त लिड रोलमा छिन् ।

त्यस्तै, सुनिल मानन्धरले निर्माण गरेको ‘मोक्ष’मा प्रविण श्रेष्ठको निर्देशन छ, क्रिटिक्सबाट राम्रो प्रतिक्रिया पाएको यो चलचित्रमा बेनिशा हमाल र कोशिस क्षेत्रि लिड रोलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu