आज रेखा थापाको जन्मदिन | स्व. श्रीकृष्णको नाममा जन्मदिनका कुनै कार्यक्रम नगर्ने



rekha-thapa-raute

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका रेखा थापाको आज जन्मदिन परेको छ । बिगतका बर्षहरुमा बर्थ डे सेलिब्रेसन गर्दै आएकी रेखाले यो पटक भने ‘बर्थ डे’ सेलिब्रेसन नगर्ने भएकी छिन् ।

स्वर्गिय अभिनेता श्रीकृष्ठ श्रेष्ठको निधनको आज नै तेह्रौं पुण्य तिथी परेकोले रेखाले श्रीको नाममा चलचित्र क्षेत्रको लागी दुखद घडी भन्दै नै बर्थ डे सेलिब्रेसन नगर्ने भएकी बताएकी छिन् ।नेपाली रजतपटमा सँधै चर्चामा रहने सफल नायिकाको उपमा पाएकी रेखा समय समयमा चर्चामा रहिरहन्छिन् ।

छविराज ओझाको चलचित्र ‘हिरो’बाट नेपाली रजतपटमा छाएकी रेखाले आजसम्म दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छिन् । त्यसो त रेखा अभिनित धेरै चलचित्र सफल चलचित्रको सुचीमा पनि छन् । रेखाको अभिनय, लगानी अनि निर्देशन रहेको पछिल्लो चलचित्र ‘हिम्मतवाली’ दशैमा प्रदर्शनमा आउँदैछ ।

ठुलोपर्दा डटकमको तर्फबाट रेखालाई जन्मदिनको धेरै-धेरै शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu