श्रीकृष्णको मैनको प्रतिमा बनाउने स्वेताको चाहना



sweta

ठूलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको तेह्र दिन पुगेको छ । तेह्रौँ पुण्यतिथीमा श्रीको परिवारले बिहिवार सबैलाई प्रसाद ग्रहण गराएको छ । नयाबजारको एक पार्टी प्यालेसमा गरिएको प्रसाद ग्रहणमा चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिती थियो । सञ्चारमन्त्री मिनेन्द्र रिजाल पनि प्रसाद ग्रहण गर्न पुगे ।

उक्त श्रद्दाञ्जली सभामा श्रीकृष्णको ८२ बर्षिया आमा पनि आईन् । पत्नी स्वेतालाई सम्हालिन निकै गाह्रो पर्‍यो । श्रीका बारेमा अरुले भनिरहँदा उनको मन भक्कानिन्थ्यो । आमालाई पनि सम्हालिन सहज थिएन ।

श्रीकृष्ठका दाजु मीनकृष्णले सभामा स्वेताको इच्छा खुलाए । प्रज्ञा प्रतिष्ठानमा श्रीको मैनको प्रतिमा बनाउने स्वेताको चाहना रहेको उनले खुलाए । श्रीले लामो समय प्रतिष्ठानको जागिरेका रुपमा समय बिताएका थिए । सरकारले ठाउँ उपलब्ध गराए आँफै लगानी गरेर प्रतिमा बनाउने मीनले बताए । उक्त कुरामा मन्त्री रिजाल सकारात्मक देखिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu