मंसीर ५ मा इतिहासमै नाम नसुनिएका राजा आउँदै



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालमा राजतन्त्र हटेको केहि बर्ष भईसकेको छ । यदाकदा पूर्वराजाका चर्चा सुनिन्छन् । अब फेरी नयाँ राजाको चर्चा सुरु भएको छ । मंसिर ५ गते इतिहासमा नाम नै नसुनिएका राजा आउने भएका छन्, त्यो पनि देशैभर ।

यो चर्चा हो अन्तराल’ निर्देशक दिपा बस्नेतको दोश्रो प्रोजेक्ट ‘श्री ५ अम्वरे’को । फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको उक्त चलचित्र मंसिर ५ अल नेपाल रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ललाई महाराजको रुपमा श्रीपेच पहिरिएको अवस्थामा देखाईएको छ ।

ambare

‘जीवनसाथी फिल्मस्’को व्यानरमा निर्माण भएको ‘श्री ५ अम्बरे’मा टिएन आचार्य र दिपक आचार्यको लगानी रहेको छ । यो चलचित्रमा सौगातसँगै प्रियंका कार्की, सृजना अधिकारी, बिक्रम सिंह, यमवुद्ध, दिवाज राई, मार्टिन खान लगायतको अभिनय रहेको छ ।

चलचित्रमा बसन्त सापकोटा, बाबु बोगटी र कालिप्रसाद रिजालको संगीत छ । अन्तरालबाट उत्कृष्ट डेव्यू निर्देशकको अवार्ड समेत पाएकी दिपाले यो चलचित्र कस्तो बनाएकी छिन् त्यो थाहा पाउन मंसिर ५ पर्खिनुपर्नेछ ।

टिजर हेर्नुहो्सः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu