देशैभर ताण्डव मच्चाउन आए नम्रता र लाउरे



tandav

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता चलचित्र ‘ताण्डव’ रिलिज भएको छ । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनुर’ ले अधिकांश हलहरु कब्जा जमाईरहेको समयमा अर्को चलचित्र ‘ठूली’ पनि ‘ताण्डव’सँगै रिलिजमा आएको छ । रिलिज हुने भनिएको अर्को चलचित्र ‘सम्बोधन’ भने पछाडी धकेलिएको छ ।

ताण्डव’लाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् । मोहन डोटेलको ‘बधशाला’ पछिको ड्रिम प्रोजेक्ट भनिएको यो चलचित्रमा नम्रता श्रेष्ठ, आशिष राना ‘लाउरे’, एलेन गुरुङ, अनुप बराल लिड रोलमा छन् ।

चलचित्र मार्फत अभिनेत्री नम्रता कर्ल गर्लको रुपमा पहिलो पटक पर्दामा देखिँदैछिन् । यो चलचित्रलाई दर्शकको राम्रो मिल्ने अपेक्षा निर्माण युनिटमा छ ।

गरिमा पन्त र जीवन लुईँटेलको लिड रोल रहेको चलचित्र ‘ठूली’ ला‌ई सुर्य बोहराले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu