निर्देशक समाजमा चरम विवाद, साधारणसभा अन्यौलमा



Dinesh-DCबैकुण्ठराज पराजुली, काठमाण्डौ ।
नेपाली चलचित्र निर्देशकहरुको छाता संगठन ‘नेपाल चलचित्र निर्देशक समाज’ चरम विवादमा फसेको छ । समाजको पटक-पटक बसेको साधारणसभाले विवादका बीच ठोस निचोड निकाल्न सकेको छैन । गत श्रावण २ गते बसेको साधारणसभामा भाँडभैलो मच्चिएपछी उद्घाटन पश्चात भदौ ७ (शनिवार)लाई सरेको बन्दसत्रको सुरुमा नै आर्थिक प्रतिवेदन पेश भए पनि त्यसमा बहुमत सदस्यहरुको सहमती नरहेपछी बन्दसत्र रोकिएको हो ।

श्रोतका अनुसार शनिवारको बन्दसत्रमा पनि निर्देशकहरुबीच चर्चाचर्की नै भएको थियो । पहिलेदेखी नै दिनेश डिसी नेतृत्वको कार्यसमितीप्रति असन्तुष्ट रहेको पुर्व महासचिव ऋषी लामिछाने र एम. एस. अग्रज नेतृत्वको निर्देशकहरुको समुहले कार्यसमितिबाट नै पारित हुन नसकेको आर्थिक प्रतिवेदन बन्दसत्रमा पेश भएको भन्दै त्यस्तो प्रतिवेदन बन्दसत्रबाट पारित हुनै नसक्ने अडान लिएको बुझिएको छ ।

पुर्व महासचिव लामिछानेले आर्थिक प्रतिवेदन पारदर्शी नभएको र संस्थामा उल्टै घाटा भएको देखाएकोले आश्चर्यमा परेको बताए । आँफु सधैं समाजलाई सहि दिशामा अघी लैजानुपर्छ भन्ने मान्यतामा अडिग रहेको भन्दै लामिछानेले अहिलेको कार्यसमिती नै निर्देशकहरुको हित विपरित एकलौटी रुपमा अघी बढेको बन्दै यसको विदाईको विकल्प नरहेको आरोप लगाए ।

यसैबीच समाजका अध्यक्ष दिनेश डिसीले पुर्व महासचिव ऋषी लामिछाने सहितका निर्देशकहरु खाली विवाद मात्रै निकाल्ने र भाँजो हाल्ने काम मात्र गर्नमा लागेको बताइका छन् । ‘यदी म नेतृत्वको कार्यसमितिप्रति विरोध हो भने अविश्वासको प्रस्ताव ल्याउनुपर्यो म त्यसलाई सामना गर्न तयार छु, अध्यक्ष डिसीले ठुलोपर्दालाई भने, ‘विवादित विषयमा लोकतन्त्रले दिएको अधिकार अनुसार भोटिङ् प्रक्रियामा जाऔं भन्दा पनि नमान्नु विभिन्न बहानामा संस्थालाई अघी बढ्न नदिने षड्यन्त्र मात्रै हो।’

छिट्टै नै कार्यसमितीको बैठक बसेर नयाँ मार्ग के हुने भन्ने बारेमा निर्णय गरिने डिसीले बताए । शनिवार समाजको कार्यालय डिल्लिबजारमा सुरु भएको बन्दसत्र उद्घाटन सत्रमा झै दुई भागमा विभाजित बनेको थियो । समाजका पुर्व अध्यक्ष केपी पाठकले अवैधानिक आर्थिक प्रतिवेदन पेश भएकोले नेतृत्व ‘फेल’ भएको भन्दै राजिनामाको विकल्प दिनेश डिसीसँग नभएको आरोप लगाए ।

बारम्बार साधारणसभा हुनु नै नेतृत्वको असक्षमताको परिणाम भएको भन्दै पाठकले अध्यक्षले राजिनामा दिएमा र डिसीकै नेतृत्वमा नयाँ चुनावको लागी तदर्थ समिती बनाउने हो भने विवाद समाधान हुन सक्ने दावी गरे । तर यसो गर्दा आफु असफल भएको ठहरिने भएर डिसीले गर्न नमानेको पाठकको आरोप छ ।

यो सँगै दुई मितिमा बसेको साधारणसभा पनि अन्यौलमा परेको छ । आफ्नो अडानबाट कोही पनि पछी नहट्दा पटक-पटकको प्रयासमा पनि विवाद सुल्झिन नसकेपछी अबको विकल्प के हुने भन्ने बारेमा समेत अन्यौलता थपिएको छ । गत श्रावण २ मा अधिकांश सदस्यहरुले नविकरण गर्ने अवसर नै नपाएको भन्दै एक पक्षले विवाद गरेपछी रोकिएको साधारणसभा भदौ ७ लाई डाकिएको थियो ।

स्मरण रहोस् निर्देशक समाजमा विवादकै वावजुत पछिल्लो कार्यसमिती पनि पुरा अवधी काम गर्न नसकेर विभिन्न कारण देखाउँदै अध्यक्षले नै राजिनामा दिएपछीको निर्वाचनबाट डिसी अध्यक्ष बनेका थिए, भने डिसी नेतृत्वको कार्यसमितीका पनि महासचिव, सचिव अनि प्रथम उपाध्यक्ष तथा सदस्यहरु समेत गरी ७ जना पदाधीकारीहरुले राजिनामा दिएपछी समिति पुनर्गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu