चलचित्र समिक्षक समाजले वितरण गर्ने ‘ क्रिटिक्स अवार्ड २०७०’ का बिजेताहरुलाई सोमवार एक कार्यक्रमका साथ अवार्ड प्रदान गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा उत्कृष्ट ठहरिएका चलचित्रका विभिन्न सात विधामा अवार्ड वितरण गरिएको हो ।
अवार्ड अन्तर्गत वर्ष २०७० को उत्कृष्ट चलचित्र बधशालाले पाएको छ, त्यस्तै वर्षको उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘मोक्ष’बाट कोशिस क्षेत्रीले हात पारेका छन, भने अभिनेत्रीको अवार्ड चलचित्र ‘उमा’ बाट ऋचा शर्माले थापिन् ।
त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ‘साँघुरो’ निर्देशक जोएस पाण्डेले पाए । त्यस्तै चलचित्र सम्पादनको अवार्ड भने चलचित्र ‘कर्कश’बाट लोकेश बज्राचार्यले पाएका छन् । उत्कृष्ट छायाँकनको अवार्ड पनि बधशालाबाट शैलेन्द्र डि. कार्किले पाए, भने पटकथाको अवार्ड पनि साँघुरोले नै पाएको छ ।
अवार्ड बिजेतालाई प्रमुख अतिथी मन्त्री डा. मिनेन्द्र रिजालले अवार्ड तथा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले प्रमाणपत्र प्रदान गरेका थिए । गत बर्ष प्रदर्शनमा आएका चलचित्रहरुबीचको प्रतिष्पर्धाबाट यी चलचित्रहरु उत्कृष्ट ठहरिएका थिए ।