सुनिल थापाले रुँदै भने, ‘मैले कसैसँग दुष्मनी गरिन’



aunilअनिल यादव, काठमाण्डौ ।
‘म सधै भिलेन भएर खेल्थे, चलचित्र हेरेपछि दिदीबहिनीहरु मलाई गाली गर्नुहुन्थ्यो’, आँखाभरी आँसु पारेर अभिनेता सुनिल थापा भन्दै थिए– ‘तर त्यो गाली नै तेरो प्रशंसा हो भनेर साथीभाईले सान्त्वना दिँदा धेरै खुशी हुन्थे । ’

जब आँखाभरी आसु पारेर विगत ४० वर्षदेखि कलाकारिता पेशामा आबद्ध अभिनेता थापाले बोले तब सहभागी चलचित्रकर्मी र संचारकर्मी पनि भावुक देखिन्थे । हिन्दी चलचित्र ‘एक दुजे के लिए’ बाट औपचारिक रुपमा अभिनयको यात्रा शुरु गरेका थापाको सफलताको रहस्य सुन्न सहभागीहरु त्यती नै उत्सुक पनि थिए ।

सन् १९८२ मा ‘मसाल’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका अभिनेता थापाले त्यसपछि चलचित्र ‘चिनो’ मा ‘राते काइला’ भएर अभिनय गरे । ‘नेपाली चलचित्रका ‘राते काइला’ बलिउडमा पुगे, अब हलिउडसम्म पुगुन्’, कार्यक्रममा सहभागीहरु मध्ये एकले उनको विषयमा यसरी तारिख गरेका थिए ।

थापाले ३० वर्षपछि बलिउडमा सन्जय लिला भन्सालीको चलचित्र ‘म्यारी कोम’ मा प्रियंका चोपडाको बक्सिङ गुरु भएर काम गरेका छन् । यो चलचित्र अर्को शुक्रवारबाट विश्वभर प्रदर्शन हुँदैछ । ‘एक दुजे के लिए’ बाट सन्जय लिला भन्सालीको चलचित्र ‘म्यारी कोम’ सम्म आइपुग्दाको अनुभव त थापाले सुनाउन भ्याएनन्, तर उनले जति बोले त्यसले सहभागीको मन छोएको प्रष्ट देखिन्थ्यो । एउटा नेपाली कलाकार सफलतालाई आफ्नै ठानेर सबै रमाएको छर्लङ्ग थियो ।

थापा आफै भन्दैथिए– ‘यो कार्यक्रम ‘म्यारी कोम’ को प्रमोशनका लागी आयोजना गरिएको होइन्, मलाई लाग्छ एउटा नेपाली कलाकारको सफलताको अवसरमा गरिएको हो । ’

‘यहाँसम्म आइपुग्दा म कहिले कसैसँग रिसाइन, कसैसँग दुष्मनी गरिन, सफलताका लागी आत्तिइन, धैर्य गरे’ आफ्नो सफलताको रहस्य यसरी खोल्दै थिए थापा । उनी भन्दै थिए– ‘मेरा शब्दकोषमा ‘नो’ अर्थात ‘हुँदैन’ भन्ने शब्द कहिल्यै भएन र हुँदैन पनि । ’ उनको विचारमा ‘नो’ भन्नु नै आफु सफलतादेखि पछाडी हट्नु हो ।

कार्यक्रममा थापाले आफु कुनै चिनजानको आधारमा ‘म्यारी कोम’ चलचित्रको कलाकार नभएको रहस्य पनि खोले । उनलाई चलचित्रको ‘कास्टिङ डाइरेक्टर’ ले एक पात्रको आवश्यकता रहेको कुरा फोनबाटै बताउँदै अडिसन गरेर पठाउन आग्रह गरिएको कुरा खुलासा गरे । ‘अडिसन हेर्ने वित्तिकै चलचित्रका लागी मलाई तुरुन्त मुम्बई बोलाइएको हो’, उनले बताए ।

मान्छेको सफलताको प्रशंसा उसको मृत्युपछि हुने गर्छ । तर उसको सफलता उ जिवित हुँदै हुनुपर्छ भनेर आज विभिन्न संघसंस्थाले सामुहिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा थापा आफै भन्दै थिए – ‘यो सफलता मेरो होइन, नेपाली चलचित्र उद्योगकै सफलता हो ।’ उनले यसो भनिरहँदा सहभागीहरुले ताली बजाएका थिए ।

सदावहार नायिका करिष्मा मानन्धर, गौरी मल्ल देखि विल्सन विक्रम राई र संयम पुरीसम्मका कलाकारहरुको कार्यक्रममा सहभागिता थिए । सहभागीहरुले ‘एक वाक्य’ मा सुनिल थापाको विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu