बिर्खेलाई चिनाउदै सुवास पोखरामा



subas-pkr

अपिल त्रिपाठी, पोखरा।
‘बिर्खेलाई चिन्छस’ अभिनेता तथा निर्माता सुवास थापाले आफुले स्थानिय शैलीमा मनोरञ्जक फिल्म बनाएको बताएका छन । नेपालको वर्तमान परीवेशलाई सांकेतिक ब्यङ्ग गरेको उनको भनाई छ । भाद्र २० मा रिलिज हुने फिल्म ‘बिर्खेलाई चिन्छस’ को पब्लीसिटीको लागी पोखरा आइपुगेका उनले बुधबार पत्रकार सम्मेलन गरी फिल्म बारे जानकारी गराएका हुन ।

नेपालमा कस्तो स्कृप्टमा कती र कसरी लगानी गर्नुपर्छ भन्ने बुझेर नै सिनेमा निर्माण गरेको उनको दाबी छ । एउटा सामान्य मानिसको जीवनशैली र उसको जीवनको उतार चढाव नै ‘बिर्खे’को कथा भएको उनले बताए । “एउटा सामान्य मानिस कसरी प्रयोग हुन्छ र परीणाम के हुन्छ भन्ने पनि सिनेमामा देखाएका छौ” सुवासले भने – “ब्यापारको कुरा दर्शकको हातमा छ तर सिनेमाको रिभ्यु राम्रो आउनेमा म बिश्वस्त छु । ” फिल्ममा मनोरञ्जनको पाटो र बौद्घीकताको पाटोको सन्तुलन गरीएको उनको भनाई छ । आजकल ‘प्रोमो आतंक’ चलेको भन्दै प्रोमोमा जती हुन्छ पुरा फिल्ममा पनि त्यती मात्रै हुनाले दर्शक भाडिएको सुवासले बताए । ‘बिर्खेलाई चिन्छस’ को कथा र प्रस्तुतीमा नै दम भएको उनको दाबी छ ।

फिल्म ‘बिर्खेलाई चिन्छस’ अहिले प्रचार सामाग्रीका कारण चर्चामा छ । अराज केशव गिरीको निर्देशन रहेको फिल्मको कथा जगदीश्वर थापाले लेखेका हुन । फिल्ममा सुवास सगै बिनिता खड्का, आयुषा राई, लुनिभा तुलाधर लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu