सुनिल थापा, कलाकारको सपनाको मान्छे



sunil-thapa-je-

बैकुण्ठराज पराजुली ।
मानिसका अनेकन चाहना हुन्छन अनि सपना हुन्छन् । भनिन्छ, सबै सपनाहरु पुरा हुँदैनन् पनि रे । यो बीचमा नेपाली धर्तीमा जन्मेर वलिउडको ‘टप लेभल’को चलचित्रमा अभिनयको अवसर पाएका नेपाली कलाकार सुनिल थापा धेरै नेपाली कलाकारले देख्ने तर कमले मात्र पुरा गर्न सफल हुने सपनाका पर्याय बनेका छन् । वलिउड कै चलचित्र ‘एक दुजे के लिए’ बाट नै आफ्नो अभिनय यात्रा थालेका थापा नेपाली चलचित्र उधोगको लागी पनि सफल कलाकारको दर्जामा गनिन्छन ।

नेपालमा रहेर चलचित्र क्षेत्रमा लाग्ने धेरैले वलिउडको सिनेममा अभिनय गर्ने सपना बुन्छन् । तर सुनिल थापाको लागी भने अरुले देख्ने त्यो सपनासँग खासै महत्व छैन, किनकी अभिनय करियरको सुरुवात नै वलिउडबाट थालेका थापाले पछिल्लो समयमा आएर बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा ‘मेरी कोम’ नामक चलचित्रमा लिड रोलमा नै अभिनय गरेपछी यतीबेला नेपाली सिने उधोगमा वाही-वाही अनि बधाईका पात्र मात्र बनेका छैनन, धेरै नेपाली कलाकारहरुको सपना नै बनेका छन् ।

वलिउड चलचित्रदेखी नेपाली चलचित्रसम्म पहुँच पुर्याएका थापाले अबको यात्रा हलिउडको चलचित्रमा अभिनय कला प्रस्तुत गर्ने अनि ‘ढाकाटोपी र दौरा सुरुवाल’ नेपाली पोशाकमा ओस्कारमा पुग्ने सपना बुनिरहँदा पछिल्लो पुस्ताका नेपाली कलाकारहरु सुनिल थापा बन्नु नै आफ्नो सपना भएको बताईरहेका छन् । पछिल्लो पुस्ताका कलाकार विल्सन विक्रम राई हुँदै संयम पुरीदेखी गौरव पहारी सबैको सपना अब कसरी सुनिल थापा बन्ने भन्ने छ ।

निर्माता तथा मिडिया उद्धमी उद्धव पौडेल सुनिल थापालाई आंफैमा एक सिनेमा लाग्ने बताउँछन् । ‘नेपाली चलचित्रमा मात्र हैन विश्वमा ठुलो बजार विस्तार गरिसकेको वलिउड उधोगमा समेत स्थापित हुनु सानो कुरो होईन्’, पौडेलले भने, ‘एउटा सिनेमा तयार हुनको लगी आवश्यक सम्पुर्ण कुराहरु सुनिल थापामा पाएको छु, उहाँ आँफैमा एक सिनेमा हुनुन्छ।’

जीवनमा कहिल्यै पनि पैसा र पहुँचको पछी नलागेका थापा नेपाली सिनेमा उधोग रहेमा मात्र कलाकारहरु रहिरहने भन्दै सबैभन्दा पहिला नेपाली सिनेमालाई माया गर्न सुझाउँछन् । वुधवार राजधानीमा वलिउडमा राम्रो स्थान बनाएका ‘राते काईँला’को सफलताको खुसीयाली साट्न उनको सम्मानमा आयोजित एक कार्यक्रममा एकाएक भावुक भन्दै थापाले जीन्दगीकै सबैभन्दा खुसीको दिन भएको बताए ।

‘मेरो जीवनमा यस्तो दिन पनि आउँछ भनेर मैले सोचेको पनि थिईन’, निकै भावुक बनेर आँखाबाट आँसु खसाल्दै थापाले भने, आज आएर मात्रै ‘एउटा कम्प्लिट एक्टर’ भएको (बनेको) भान भएको छ ।’ आफ्नो शब्दकोशमा ‘नो’ भन्ने शब्द नै नभएको भन्दै उनले आफ्नो सफलता व्याक्तिगत नभएर समग्र नेपाली सिने उधोगको सफलता भएको बताए ।

प्रियंका चोपडासँगको अभिनय रहेको चलचित्र ‘मेरी कोम’ पाउँदा भन्दा बढी खुसी नेपालीहरुको साथ, सपोर्ट पाउँदा अहिले लागिरहेको भन्दै थापाले धैर्यता नै सबैभन्दा ठुलो कुरा भएकोले कुनै पनि काममा नहड्बडाई किन लागिपरेमा सफलता मिल्नेमा शंका नभएको बताउँछन् ।

केटाकेटीको लभ पर्दै छुट्दै गरे जसरी रहरको लागी मात्रै सिनेमा लाईनमा आउनेहरुलाई व्याङ्ग्य गर्दै उनले सके राम्रो काम गर्न नत्र भने यो ईन्डस्ट्रीलाई ‘डर्टी’ नबनाउन थापाले सुझाव दिए ।

नेपाली दौरा सुरुवाल र ढाका टोपीमा ओस्कार अवार्ड हात पार्न सकुँ भन्ने ईच्छा मनमा रहेको भन्दै अबको यात्रा हलिउड चलचित्रको लागी हुने पनि थापा दाबी गर्छन् ।

सुनिल थापा नाम लिएपछी नेपाली चलचित्रको खलनायक भनेर नचिन्ने बिरलै होलान् । त्यसो त सिनेमाको पर्दामा ‘गुण्डा’ बनेर खेल्दा धेरै महिला तथा केटाकेटीहरुले सरापेको तथा गाली गरेको बताउने सुनिल आफुलाई सिनेमामा स्थापित कलाकार बनाएको त्यही रोल भए पनि अहिले आफ्नो कसमले नै सबैमाझ ‘हिरो’ बनाएकोमा खुसी लागेको बताउँछन् ।

यसैले त चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष विदुर गिरी वलिउडमा कलाकारहरुको नामबाट नै चलचित्र चल्ने गरेकोमा अब त्यो ठाउँमा नेपाली कलाकारको नामबाट वलिउड चलचित्र चल्ने दिन आएको भन्दै सबैको लागी गर्वको कुरा रहेको धारणा राख्छन् ।

मृदुभाषी, अरुको पीडालाई आफ्नो पीडा सम्झिने सहयोगी स्वभावका सुनिल थापा कामले जितेको मान्छे तथा कसैलाई नबिझाउने र आफ्नो कामप्रति संधै ईमान्दार र बफादार रहेको व्याक्तिको रुपमा धेरैमाझ परिचित छन् ।

त्यसो त प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मेरी कोम’मा उनले गरेको कामले सुनिल थापा को हुन् भन्ने कुरा नेपाल र भारतमा मात्र होईन वलिउडको प्रभाव जमेका प्रायः सवैजसो ठाउँमा प्रष्टिने छ ।

धेरै नेपाली सिने प्रेमीहरुका ढुकढुकी थापा चलचित्र ‘चिनो’बाट सुनिल थापा भन्दा पनि बढी राते काईँला को रुपमा परिचित बनेका थिए र हालसम्म पनि उनको यो परिचय यथावत छ ।

एकपछी अर्को सफलता हात पार्दै आएका नेपाली चलचित्रकर्मीहरुको सपनाको मान्छे, सुनिल थापाको हलिउड यात्रा अनि ओस्कार यात्राको मनोकांक्षा पनि पुरा होओस् हाम्रो शुभकामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu