तीजको अवसरमा ‘धुन’को अडियो गीत सार्वजनिक



dhoom

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
तीजको छेको पारेर बिभिन्न रेडियो मार्फत चलचित्र ‘धुन’को अडियो गीत रिलिज गरिएको छ । ‘आउ मसँग नाँच न’ बोलको सार्वजनिक गीतमा ईन्दिरा जोशीको स्वर, लक्की सिटौलाको शब्द तथा संगीत रहेको छ । चलचित्र अहिले पोष्ट प्रोडक्शनमा छ ।

कृष्ण आचार्यको स्कृप्टमा कृष्ण पौडेलको निर्देशन रहेको चलचित्रमा जीवन लुईंटेल, नीता ढुङगाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाह प्रस्तुतकर्ता रहेको धुनमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलालको लगानी छ ।

सांगितिक प्रेम कथाको यो चलचित्रमा काठमाडौं सहित पोखराका मनोरम दृश्यहरु समावेश छन् । सम्पादन सकिएसँगै डविङको क्रममा रहेको चलचित्र ‘धुन’ को केहि दिन पछी नै रिलिज मिति समेत सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट छ । चलचित्र माघ, फागुनमा आउन सक्ने संकेत गरिए पनि औपचारिक रुपमा रिलिज मिती सार्वजनिक गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu