चलचित्र पत्रकार संघका बिभिन्न निर्णय



film-journalist-associationठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र पत्रकार संघको केन्द्रीय कार्यसमितिको २०७१ भाद्र १३ गते शुक्रबारका दिन संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले संघका कार्यसमिति सदस्य किरण खनाललाई संघको साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

संघको कार्यसमितिको औपचारिक बैठकमा तीन पटक भन्दा बढी लगातार रुपमा अनुपस्थित रहि विना कुनै जानकारी संयुक्त राज्य अमेरिका गएको खुल्न आएपछि उनले चलचित्र पत्रकार संघको अनुशासन उल्लंघन गरेको ठहर गरेको छ । साथै खनालले नेपालमा रहेरै आफ्नो राजीनामा पेश गर्न सक्ने अवस्था हुादाहुादै उक्त कार्य नगरी संघको इमेल र सामाजिक सञ्जालमार्फत संघले सोधखोज गरेपछि मात्र सार्वजनिक रुपमा पेश गरेको राजीनामाले थप अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनलाई संघको कार्यसमिति लगायत साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको छ ।

यस्तै, संघले २०७१ सालका लागि नविकरण गर्ने कार्य धमाधम भइरहेको र नयाँ सदस्यता लिनका लागि आवदेन दिएका पत्रकारहरुको आवेदन उपर छानविन गर्दै उनीहरु संघको सदस्य हुनका लागि उपयुर्क्त देखिएकाले पत्रकारहरु दयाराम घिमिरे, श्यामसुन्दर गिरी, राम थापा, गणेशप्रसाद विमली(दीप), राजाराम फुायाल, महेश लिम्बु र महेश्वरमान सिंहलाई संघको साधारण सदस्य दिने निर्णय गरेको छ ।

यसैगरी हेटौडामा गर्न लागिएको चलचित्र पत्रकार संघको कार्यशाला गोष्ठीमा सहभागी हुन चाहने इच्छुक सदस्यहरुले भाद्र २१ गतेसम्ममा सहभागिता शुल्क बुझाउनका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उक्त कार्यशाला गोष्ठीका लागि स्थानीय संयोजन गर्ने जिम्मा चलचित्र पत्रकार संघ मकवानपुरलाई दिनुका साथै स्थानीय संयोजकका रुपमा कार्य गर्न हेटौंडा शाखाका सचिव मणिराज गौतमलाई जिम्मा दिने निर्णय गरिएको छ ।

त्यस्तै संघका अध्यक्ष शान्तिपि्रयले कार्यसमितिको सुझाव र छैटौं अधिवेशनमा प्राप्त मत संख्याका आधारमा २६ मत प्राप्त गरि छैटौं स्थानमा रहेका चलचित्र पत्रकार संघका सदस्य प्रदिप कार्कीलाई चलचित्र पत्रकार संघको कार्यसमितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu