बर्दियाका बाढी पिडितलाई सहयोग गर्न नायकको सक्रियता



basu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बर्दिया जिल्लामा आएको बाढीले ठुलो जनधनको क्षती भएको छ । यसै घटनालाई मध्यनजर गर्दै नेपाली चलचित्रका नायक बाशु पुडासैनी आर्थीक सहयोगको लागि सक्रिय रहे । चलचित्र निर्माता तथा गीतकार गणेश बगालेसँगको सहकार्यता र बाशुको सक्रियतामा ललितपुर क्षेत्रमा रहेका केहि म्यानपावर कम्पनीबाट जम्मा भएको १ लाख ३५ हजार सहयोग प्रदान गरिएको हो ।

बाशु र गणेशले संयुक्त रुपमा २५ हजार सहयोग गरेका छन् । नायक पुडासैनीले सामाजिक उत्तरदायित्व अनतर्गत आफुहरुले सहयोग गरेको बताए । उनले थपे, ‘प्राकृतिक प्रकोपमा पीडितहरुलाई केही हदसम्म राहत दिन हामी आफ्नो गच्छे अनुसार सहयोग गरेका हौँ’ ।

बाशू चलचित्रहरु ‘प्राण भन्दा प्यारो’ र ‘दमदार’का नायक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu