भक्तपुरबाट शुरु भयो आनन्द र मोनिकाको रोमाञ्स



monika

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रबार भक्तपुरमा भएको शुभ मुर्हतसँगै ‘पास्ट’ नामक नेपाली चलचित्रको सुटिङ सुरु भएक छ । मुहर्त स्थलबाट नै चलचित्रको पहिलो टेक लिईयो । ‘पास्ट’ लाई नवीन निरौलाले निर्देशन गरिरहेका छन् ।

यसअघि ‘फिङ्गरप्रिन्ट’ निर्देशन गरेका निरौलाको यो चलचित्र बितेका दिनले भबिष्यमा पार्ने प्रभावमा केन्द्रित रहेको उनी बताउँछन् । निर्देशक निरौलाकै स्क्रिप्ट रहेको ‘पास्ट’ का निर्माता रामकृष्ण थापा हुन् ।

चलचित्रमा आनन्द पुन, मोनिका दाहाल, बिश्वराम खड्का (भेना), रामकृष्ण थापा, रामचन्द्र अधिकारी, शंकर आचार्य, सत्यकला लामा, तिलक उपाध्याय, प्रकाश कुसारी (सम्राट) लगायतका कलाकारको अभिनय रहने छ ।

प्रेमकथानक चलचित्र पुर्णतः मनोरञ्जनले भरिएको बन्ने निर्देशक बताउँछन् । ‘पूर्ण मनोरञ्जनका साथै चलचित्रमामा मिठो सन्देश पनि छ,’ उनले भने, ‘आम दर्शकले मन पराउने चलचित्र बनाउने प्रयासमा छु ।’

चलचित्र ‘पास्ट’ मा भरत क्षेत्रीको द्धन्द्ध र नीम संगीतको संगीत छ । दशैं अघी नै सुटिङ सकाउने लक्ष्यका साथ सुटिङ सुरु गरिएको यो चलचित्रमा ललीत कटुवाल मुख्य सहायक निर्देशक गरिरहेका छन भने क्यामेरा रामेश्वर हुमागाईले चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu