रमेश उप्रेती र करिश्माले स्टेजमा जोडी बाँध्ने



rameshठुलोपर्दा डटकम, काठमाण्डौ ।
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा आफ्नो प्रस्तुतीलाई उत्कृष्ट बनाउन कलाकारहरुले तयारीलाई तिव्र बनाएका छन् । अवार्डमा झण्डै दुई दर्जन चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिने पक्कापक्की भएको छ । अवार्डलाई स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ प्रति समर्पित सांगीतिक प्रस्तुतिबाट शुरु गरिने भएको छ । जसका लागि कोरियोग्राफर कविराज गहतराजले कलाकारहरुलाई नृत्य सिकाइरहेका छन् ।

श्रीकृष्ण श्रेष्ठ अभिनित हिट गीतहरुमा नायक दिलिप रायमाझी सहित केकि अधिकारी, एन्नी कुवँर, सुजाता कोइराला, रिश्ता बस्नेत लगायतका नायिकाहरुले प्रस्तुति दिनेछन् ।

यस्तै, आठ वर्ष पछि यसपटक नेपाली स्टेजमा कलाकार रमेश उप्रेतीले पनि आफ्नो प्रस्तुति दिने भएका छन् । रमेशले चर्चित नायिका करिशमा मानन्धरसँग जोडि बाधिएर नृत्य गर्नेछन् । करिब ५ मिनेट आफुले स्टेज तताउने बताउँदै रमेशले आफुहरुको प्रस्तुति दर्शकका लागि खास विषेश रहने समेत जनाएका छन् । रमेशले आफु ८ वर्षपछि नेपाली स्टेजमा पर्फम गर्न लागेको भन्दै नृत्यलाई अब्बल बनाउन कुनै कसुर बाँकी नराख्ने समेत जनाउँछन् ।

यस्तै रमेश र करिश्मा सहित अनु शाह, निश्मा घिमिरे, अशिश्मा नकर्मी, नम्रता सापकोटा, रोहित रुम्बा, यशराज गरच, नीता ढुङ्गाना, रविन हुड्डा, निरज बराल, सुषमा कार्की लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुतिहरु दिनेछन् ।

कलाकारहरुलाई नृत्य सिकाइरहेका कविराज गहतराज यस वर्षको प्रस्तुति थप आकर्षक हुने बताउँछन् ।

गएको वर्षपनि कोरियोग्राफि गरेका कवि यस वर्ष गत वर्ष भन्दा नयाँ र नौलो नृत्य पस्किने तयारीमा छन् । एनएफडिसी राष्ट्रय चलचित्र पुरस्कार २०७० भाद्र २१ गते आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu