हाँस्य कलाकार साम्दे शेर्पाको सम्मानमा साम्दे शेर्पा राष्ट्रिय पुरस्कारको घोषणा



samde

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राज्यले सम्मान नगरेपछि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्वर्गीय वरिष्ठ हाँस्य कलाकार साम्दे शेर्पाको सम्मानमा साम्दे शेर्पा राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ ।

आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले उक्त पुरस्कारको घोषणा गरेको हो । प्रत्येक वर्ष हाँस्य विधाका तर्फबाट नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउनेलाई ५१ हजार राशी र ट्रफीसहितको पुरस्कार प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो । पुरस्कारका लागी केन्द्रले साम्दे शेर्पा स्मृति कोष खडा गरेको छ जसमा लगभग ९ लाख रकम जम्मा भइसकेको जानकारी दिइयो । ‘यसलाई बढाएर ३० लाखसम्म पुर्‍याउने अभियान जारी छ ।’, स्मृति कोषका संयोजक पेम्बा गेलु शेर्पाले जानकारी दिए । कोष खडा गर्नका लागी भर्खरै केन्द्रले गायक गम्बु शेर्पाको एकल साँझ सम्पन्न गरेको थियो ।

यस्तै, सोही कार्यक्रममा मार्फत साम्दे शेर्पा स्मृति कोषको विषयमा सम्पुर्ण जानकारी दिने उद्देश्यका साथ प्रकाशित स्मारिकाको प्रमुख अतिथि वरिष्ठ अभिनेत्री वसुन्धारा भुषालको हातबाट विमोचन समेत गराइयो । करिब एक दशकअघि अमेरिकामा आफ्नो प्रस्तुती दिएर नेपाल फर्कने क्रममा नेपाली रंगमञ्चका एक मुर्धन्य हाँस्यकलाकारका रुपमा परिचित साम्दे शेर्पा भारतबाटै बेपत्ता भएका थिए । बेपत्ता भएका उनको न अहिलेसम्म लास नै मिलेको छ, न सास नै ।

राज्यले पनि साम्देको विषयमा बेवास्ता गरेका भन्दै कार्यक्रममा सहभागी वरिष्ठ हास्यकलाकार राजाराम पौडेल, नेपाल कलाकार संघका अध्यक्ष नवल खड्का, गायक गम्बु शेर्पा लगायतले गुनासो गरेका थिए ।

‘राज्यले साम्देको सम्मानमा स्मृती कोषलाई सहयोग गर्नुपर्छ’, वरिष्ठ अभिनेत्री वसुन्धारा भुषालले कार्यक्रममा भन्दै थिइन्– ‘यसको लागी मेरो तर्फबाट पुर्ण सहयोग रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu