चौथो हप्तामा पनि ‘कोहिनुर’ क्रेज कायमै, गाडी रिजर्भ गरेरै दर्शक सिनेमा घरमा



शनीवार (१४ भदौ) गोपीकृष्ण हलमा कोहिनुरका दर्शक
शनीवार (१४ भदौ) गोपीकृष्ण हलमा कोहिनुरका दर्शक

बैकुण्ठराज पराजुली, काठमाण्डौ ।
सिनेमा घर, जहाँ सिनेमा हेर्न आउने दर्शकहरु ले प्रयोग गर्ने प्रायः जसो साना गाडीहरु तथा मोटरसाईकल पार्किङमा हुन्छन् । राजधानीको कुमारी हलको पार्किङ क्षेत्रमा रोकिराखिएको ठुलो गाडी देख्दैगर्दा अचम्म नमान्नु होला, सिनेमा घरमा गाडी पार्किङ क्षेत्र त बनेन भनेर ! तर नझुक्किनुस्, यो गाडी यात्रु प्रतिक्षामा पनि बसेको होईन्, न त पार्किङमा नै, हो त चलचित्र ‘कोहिनुर’ हेर्नको लागी राजधानीको कुमारी हलमा रिजर्भ साथ यात्रु लिएर आएको गाडी ।

चौथो हप्तामा आउँदा पनि दर्शकको उत्तिकै साथ पाईरहेको चलचित्र ‘कोहिनुर’ हेर्नको लागी फर्पिङ (दक्षिणकाली)का गाउँलेहरु गाडी नै रिजर्भ गरेर कुमारी हलमा आएका थिए । ‘अघिल्लो दिन नै आएर उहाँहरुले टिकट लिईसक्नुभएको थियो, हलकर्मचारीले भने, ‘चालक र सह-चालकको लागी टिकट नपुगेकैले उनीहरुले हेर्न समेत पाएनन् ।’ उनका अनुसार कुमारी हलमा पछिल्लो दुई हप्ता दिनको ५ सो पुर्ण रुपमा हाउसफुल बनिरह्यो भने चौथो हप्तामा आईपुग्दा दिनको २ सो हुँदा पनि हाउसफुल नै बनिरहेको छ ।

शनीवार (१४ भदौ) कुमारी हलमा दर्शक बोकेको रिजर्भ गाडी
शनीवार (१४ भदौ) कुमारी हलमा दर्शक बोकेको रिजर्भ गाडी

कुमारी मात्र होईन, मल्टिप्लेक्समा लागिरहेका प्रायः सबै सो शनिवार हाउसफुल बने । उता चावहिलको गोपिकृष्ण तथा अष्टनारायण हलमा दर्शकले ‘कोहिनुर’ हेर्ने टिकट नै नपाएपछी अरु चलचित्रलाई दर्शक तान्ने मौका मिल्यो । हलका अनुसार उपत्यकामा यो हप्ता र अघिल्लो हप्ता प्रदर्शनमा आएका चलचित्रहरुको व्यापार भन्दा ‘कोहिनुर’को बिजनेश शनिवार पनि ५० प्रतिशत बढी छ । ‘उत्सव’ लगाउन हल सञ्चालकहरुले नै नमानेपछी होर्डिङ वोर्ड टाँसेका हलहरुले समेत वोर्ड नै हटाएका छन् ।

शनिवारको बिजनेश रिपोर्ट पुर्णतः नआईसकेको भए पनि ‘कोहिनुर’ले ८ करोड (ग्रस) कलेक्शन गरेको अनुमान छ । त्यसो त चलचित्रको मोफसलमा पनि चौथो हप्ते कलेक्शन अरु चलचित्रको पहिलो हप्ताको भन्दा पनि बढी रहेको जानकारीमा छ । यो हप्ता प्रदर्शनमा आएका चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ र ‘उत्सव’ले मध्यम दर्शक पाएका छन् । माउथ पब्लिसिटी खासै राम्रो नभएकोले पिकअपको संभावना कम छ । जताततैका दर्शकको मनमा ‘कोहिनुर’ मात्रै रहेको अवस्थामा जस्तो राम्रो चलचित्र आएपनि दर्शकलाई तान्न गार्हो पर्ने एक चलचित्र समिक्षक बताउँछन् ।

‘कोहिनुर’मा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का लिड रोलमा छन् । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो महिनाभरी प्रदर्शनमा आउने सबै चलचित्रमा ‘कोहिनुर’ प्रभाव पर्ने कुरा वाहिर आईरहँदा केहि चलचित्रले रिलिज मिति नै सारिसकेका छन, भने भदौ २० मा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘स्टुपिड मन’ पनि प्रदर्शनमा आउने नआउने अझै अन्यौल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu