प्रेममा हार-जीतको कथाः ‘यो कथा हो तिम्रो मेरो’



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
देशभर प्रदशन भइरहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ को आइतबार राजधानीमा प्रेस शो गरिएको छ ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको प्रेम कथामा आधारित यस चलचित्रमा सुमन सिंह, रवि कार्की र रिस्ता बस्नेतको मुख्य अभिनय छ । दिनेश डिसी चलचित्रमा अतिथि कलाकारका रुपमा देखिएका छन् ।

प्रेस शो हेरेपछि रामेश कुमार राईको कथा रहेको यस चलचित्रलाई अधिकांशले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । निर्देशक तथा कलाकार ओम प्रतीक, चलचित्रका नायक रवि कार्की र नायिका रिस्ता बस्नेत, नायिका आशिष्मा नकर्मी लगायतले पत्रकारहरुसंगै बसेर चलचित्र हेरेका थिए ।

yo-katha-ho-timro-mero

‘यो कथा हो तिम्रो मेरो’ कस्तो चलचित्र हो ?
यो एउटा प्रेमकथामा आधारित चलचित्र हो । जसरी हरेक मानिसका आ–आफ्नै कथा हुन्छन्, त्यसरी नै यसमा पनि एउटा रोचक प्रेम कथा छ । प्रेममा कसैको हार हुन्छ त कसैको जीत, त्यही हार जीतको कथा हो यो ।

एउटा सामाजिक प्रेम कथा रहेको यस चलचित्रमा प्रेममा गरिएको त्याग, समर्पण र बलिदानीलाई देखाउन खोजिएको छ । निर्देशकले यस चलचित्रमा आम मानिसले भोगेको जीवन, देखेको सपना र संस्कारमाथि आएको विचलन र त्यसले पारेको प्रभावलाई कलात्मक रुपमा प्रस्तुत गर्न खोजेका छन् । चलचित्रको संगित पक्ष पनि राम्रो छ । चलचित्रमा रहेका संवादहरुले दर्शकहरुलाई रुवाउन पनि सक्छ । निकै नै भावुक बनाउने दृश्यहरु चलचित्रमा छन् ।

यदि तपाई नेपाली चलचित्रको फ्यान हुनुहुन्छ भने हातमा पपर्कन र कोक लिएर चलचित्र हेर्नुस्, पैसा खेर गएको महसुस हुँदैन भन्दा फरक नपर्ला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu