नेपाल भाषाका कलाकर्मिद्वारा श्रीकृष्ण श्रेष्ठको शोकसभा



shreeठुलोपर्दा डटकम, काठमाण्डौ ।
लोकप्रिय कलाकार नेवाः फिल्म “राजमति”का नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधन प्रति गहिरो दुःख प्रकट गर्दै नेपाल भाषाका कलाकर्मिहरुको संस्था नेवाः जागरण संकिपा(चलचित्र) समितिको आयोजनामा एउटा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

सभामा समितिका प्रमुख विजयरत्न तुलाधर(असंबरे)ले श्रीकृष्ण श्रेष्ठको परिचय प्रस्तुत गर्दै उनको निधनले राष्ट्रको कलाक्षेत्रमा ठूला क्षति पुगेको विचार पोखे भने श्रीकृष्ण श्रेष्ठले नायक भई खेलेको नेपाल भाषाको चलचित्र “राजमति”का निर्देशक नीर शाहले पठाएको शोक सन्देश पनि सुनाए । राजमति कि नायिका हिसिला महर्जनले श्रीकृष्ण श्रेष्ठसँगको संस्मरण सुनाएको सो सभामा श्रीकृष्णको बाल्यकालिन साथी संजय चित्रकार र परिवारको तर्फबाट उनका भिनाजु चन्द्रप्रसाद श्रेष्ठले पनि श्रीकृष्ण श्रेष्ठको बारेमा आफ्ना मनका कुराहरु राखेका थिए ।

“आमा” चलचित्रकी अभिनेत्री चैत्यदेवी, वरिष्ठ गायक भृगुराम श्रेष्ठ, नायक मणिराज लवट लगायतका कलाकर्मिहरुकासाथै नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य पूर्व सभासदहरु बुद्ध साय्मि र तीर्थराम डंगोलकासाथै डा.चुण्डा बज्राचार्य लगायतका राजनैतिक एवं भाषिक, साहित्यिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu