‘स्टुपिड मन’ जुध्न आएपछि छवि ओझालाई तनाव



lazza-and-stupid-mann

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक निरज बरालले बनाएको चलचित्र ‘स्टुपिड मन’ रिलिज पोष्टपोण्ड भएको छ । रिलिजको चौँथो हप्ता पनि हाउसफुल दर्शक पाईरहेको ‘कोहिनूर’का कारण पछि हटेको ‘स्टुपिड मन’ छविराज ओझाको ‘लज्जा’सँग जुध्न कार्तिक ७ गते पुगेको छ ।

एकल रिलिजको पहलमा लागिरहेका निर्माता छविराज ओझा ‘स्टुपिड मन’ आउनेभएपछि तनावमा परेका छन् । एकै दिन धेरै चलचित्र रिलिज भएकै कारण चलचित्र नचलेको देखिरहेका ओझाले निर्माता संघलाई चिठ्ठी लेखेका छन् । उनले आफ्नो फिल्मसँगै अन्य फिल्म प्रर्दशन नगरियोस भन्दै चलचित्र निर्माता संघ र हलसञ्चालकहरुको छाता संगठन चलचित्र संघलाई आइतबार निवेदन दिएका छन् ।

‘श्रीकृष्ण दाईको श्रद्धाञ्जलीका लागि दर्शकले देखाएको सदभाव बढ्दै गएका कारण हामी आउन नसक्ने निर्णय सहित रिलिज डेट सार्नुपरेको हो’ ‘स्टुपिड मन’का निर्माता बरालले बताएका छन् । स्टुपिड मनसँगैको मितिमा आउन लागेको ‘बिर्खेलाई चिन्छस्’ को रिलिज मिति भने पछि हटेको छैन ।

chhapi

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu