‘नेफ्टा फिल्म अवार्ड’ होइन ‘रिद्धिसिद्धि नेफ्टा फिल्म अवार्ड’ !



nefta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र क्षेत्रको एउटा अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’ लाई यसपटक रिद्धि सिद्धि ज्वेलर्सले टाइटल स्पोन्सर गर्ने भएको छ । आइतवार बेलुका राजधानीको पाँचतारे होटल एभरेष्टमा गरिएको एक कार्यक्रमका विच रिद्धि सिद्धिका सिइओ नरेन्द्रप्रसाद गुप्ताले सो घोषणा गरेका हुन् ।

पाँचौ पटक नेपालमा गरेर अघिल्लो वर्ष मलेसियामा सम्पन्न गरिएको अवार्ड वितरण कार्यक्रम यसपटक हङकङमा हुने भएको छ । जसको नाम ‘रिद्धि सिद्धि सातौँ नेफ्टा फिल्म अवार्ड’ रहनेछ । यो अवार्ड विदेशी भुमीमा सम्पन्न हुनु सम्पुर्ण नेपालीकै लागी गौरवको कुरा रहेको कार्यक्रममा प्रमुख अतिथि बनेर आएका सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले बताए । उनले कार्यक्रममा सहभागी हुन आएको निम्तोलाई सकरात्मक रुपमा लिँदै सम्भव भएछ भने सहभागी हुने आश्वासन दिए ।

नेपाल चलचित्र प्राविधिक संघको यो अवार्डलाई यसपटक सुनिल कुमार थापा फिल्म प्रोडक्सनले पनि सहकार्य गर्ने भएको छ ।

nefta1

‘सुनिल कुमार थापासँगको सहकार्यले नै यो अवार्ड हङकङमा गर्न सफल भएका हौ’, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले कार्यक्रममा जानकारी दिए । ‘हामी बोल्नेमा  कम र काम गर्नमा बढि विश्वास गर्छौ’ । उनले कार्यक्रममा यस भनिरहँदा सबैले जोडदार ताली बजाए । नायक राजेश हमाल पनि केसीको कुराबाट सबैभन्दा बढी प्रभावित भएको बताए । नेफ्टा अवार्डले निकै नै राम्रो छवि बनाएको र यसले निरन्तरता पाओस् भन्दै उनले कार्यक्रममा मन्तव्य राखे ।

हङकङका लागी एनआरएन हङकङ, एनआरएन मकाउ, खोटाङ सोसाइटी हङकङ लगायतका संघसंस्थाले जिम्मा लिएका छन् । खोटाङ सोसाइटीका अध्यक्ष अधिराज राईले सम्पुर्ण हङकङवासी नेपालीको सहयोगले यो कार्यक्रम हङकङमा गर्न सम्भव भएको बताए । ‘हामी प्रवासमा बसेर पनि नेपाली कला, संस्कृती र माटोलाई कति माया गर्छौ भन्ने उदाहरण हो यो’, उनले कार्यक्रममा भने ।

वरिष्ठ कलाकार निर शाहले नेफ्टा विचा चलचित्र क्षेत्र पुरा नहुने बताए । ‘नेफ्टा विना चलचत्रि क्षेत्र सम्भव छैन र नेफ्टा अवार्ड विना अब नेपाली सिनेमा क्षेत्रको वार्षिक कार्यक्रम पुरा हुँदैन्’, उनले कार्यक्रममा भने ।

ब्रान्ड घोषणा कार्यक्रममा चर्चित कलाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu