‘प्रोड्युसर’: नेपालमा अस्तायो, बेलायतमा उदायो



producer

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भनिन्छ, ‘नेपाली चलचित्रको बजार खस्किदै छ’ । चलचित्र राम्रो बनाए पनि यहाँ हेर्दैनन् भन्नेहरु पनि छन् । निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको चलचित्र ‘प्रोड्यूसर’ को हकमा भने यो सावित नै देखिन्छ ।

नेपालमा सोचेजस्तो व्यापार गर्न नसकेको यस चलचित्रले अहिले लण्डनमा अत्याधिक दर्शकको मन जित्न सफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ । ‘अहिले शो का लागी धमाधम अफर आइरहेको छ’, निर्माण युनिटले ठुलोपर्दालाई बताएको छ ।

producer

नेवा च्यारिटीले युकेभर यो चलचित्र प्रदशर्न गर्ने जिम्मा लिएको हो । अहिलेसम्म युकेको एसपोर्ट, सेन्टबुरी, फोर्कस्टोन, प्लामस्टेट, साउथ हेरो, अल्ट्राशर्ट, मिडस्टोन र राइडिङमा चलचित्रको प्रदशर्न भइसकेको छ ।

जनकदिप पराजुलीको निर्देशनमा बनेको यस चलचित्रमा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रुपमा पायल रायमाझीले अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu