आर्यनलाई शिल्पाको मात लाग्यो (भिडियो)



aaryan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रका चर्चित अभिनेता आर्यन सिग्देललाई आफ्नै मायालु ‘शिल्पा पोखरेल’ को मात लागेको छ । छविराज ओझा प्रोडक्शनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘लज्जा’ को भर्खरै सार्वजनिक ‘मात लाग्यो मात लाग्यो’ बोलको गीतमा आर्यनलाई यस्तो भएको हो ।

रामचन्द्र काफ्ले र मान्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा आर्यन र शिल्पाको अभिनय देख्न सकिन्छ । किरण खरेलको शब्द र चेतन सापकोटाको संगीत रहेको यस गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

छविराज ओझाले निर्माण गरेको यस चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्र कार्तिक ०७ मा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu