कलाकर्मीहरुको वर्गिकरण गरीने, केहि संघ-संस्थाको विरोध



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल सरकारले अब नेपाली कलाकर्मीहरुको वर्गिकरण गरी परिचयपत्र प्रदान गर्ने भएको छ । यसका लागी संचारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजक्तवमा आज एक कार्यदलको गठन भएको छ ।

गठित कार्यदलको सदस्यहरुमा राजेन्द्र सलभ, भरत शाक्य, अभिनेत्री करिश्मा मानन्धर सदस्य छन् । यस्तै कार्यदलमा सदस्य सचिव नारायण प्रसाद आचार्य छन् ।

भोली मंगलबार पत्र वुझेपछि कार्यदलले आफ्नो कामलाई अगाडी बढाउने बताइएको छ । विशेषगरी फिल्म नगरीमा लागेका कलाकार, निर्माता, निर्देशक, गायक–गायिकाको बायोडाटा संकलन गर्ने काम कार्यदलले गर्नेछ ।

bharat-karishma-rajendra

यसपश्चात उनीहरुलाई कसरी ‘क ’ र ‘ख’ श्रेणीमा राख्ने भन्ने छलफल फिल्मसँग सम्बन्धित बिभिन्न ९ संघसंस्था बसेर गर्ने बताइएको छ ।

सबैको अन्तिम विवरण प्राप्त भएर ग्रेड छुट्टयाएपछि सरकारले पुस्तक पनि सार्वजनिक गर्नेछ । पुस्तकममा सबै कलाकर्मीको विवरण संकलन गरिने बताइएको छ । ‘क’ बर्गमा पर्नेलाई विशिष्ट र ‘ख’ बर्गमा पर्नेलाई साधारण श्रेणीमा राखिनेछ । सरकारले वितरण गर्ने कार्डमा संचारमन्त्रीको हस्ताक्षर रहनेछ ।

एयरपोर्टदेखि विदेश पुग्दा कलाकार र आम नागरिकलाई एउटै व्यवहार भएपछि विभिन्न खालका गुनासोहरु आइरहेका थिए । यसैले सरकारले कलाकर्मीलाई सुरक्षादेखि विभिन्न सुरक्षा दिन यो निर्णय गर्न लागेको हो ।

आफुहरुको सहकार्य विना यस्तो निर्णय गरेको भन्दै चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले विरोध गर्दे आएका थिए । त्यस्तै, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष के.पि. पाठकले कलाकार वर्गीकरण बारे टीप्पणी गरेका छन् ।

पाठकले ‘कहीँ नभएको जात्रा हाडी गाउँमा’ भने जस्तो भएको बताएका छन् । ‘कलाकार को बर्गिकरण गर्ने रे ! पर्दामा देखिने कलाकार अनी पर्दा पछाडि का चाँही के हुन ? अरु कुनै बिधाको बर्गिकरण भएको त थाहा छैन, अब पत्रकार , साहित्यकार, चित्रकार सबैको बर्गिकरण गर्ने हो कि ?’ पाठकको टीप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu