दिक्पाल भए गरिमाका कृष्ण र राम ? (भिडियो)



garima-dikpal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका गरिमा पन्तले मोडल हुँदै नायक बनेका दिक्पाल कार्कीलाई आफ्नो राम अनि कृष्ण भनेकी छिन् । यि कस्ता राम र कृष्ण हुन् त ? त्यो भने चलचित्र हेरेपछि थाहा हुनेछ । चलचित्र ‘रङ् बैजनी’को गीतमा गरिमाले दिक्पालको यसरी भक्ति गरेकी हुन् ।

सार्वजनिक गीतमा गरिमा र दिक्पालको अभिनय छ । प्रविशा अधिकारीको स्वर रहेको यस गीतमा दीप प्रधानको संगीत तथा रमण घिमिरेका शब्द रहेका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

१२ बर्षपछि नेपाली चलचित्र निर्देशनमा फर्किएका शम्भु प्रधानले यो चलचित्र निर्मान तथा निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक शम्भुका छोरा शशांकले सिनेमाटोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu