जिन्दगीका भोगाईबाट छुटकारा पाउन खोज्नेको चलचित्र ‘ESCAPE’ | प्रोमो सार्वजनिक



escape

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘जिन्दगीका भोगाईबाट छुटकारा (ESCAPE) हुन, शान्ति पाउन लागुऔषधको सहारा लिन पुग्छौँ, झुट बोल्न र लुक्न खोज्छौँ तर शान्ति जुन हामी चाहन्छौ त्यो भोगाइबाट छुटकारा तब मात्र पाउन सक्छौ । जब हामी जिन्दगी को सम्मान गर्छौँ र त्यसलाई जित्दै अगाडी बढ्छौ’ । यहि कुरालाई बोकेको नेपाली चलचित्र ‘ESCAPE’ को प्रोमो सार्वजनिक भएको छ ।

लागुऔषध प्रयोगले निम्त्याउने दुर्घटनामा केनद्रित यो चलचित्रको प्रोमोमा नायिका रीमा विश्वकर्मा देखिएकी छिन् । अन्य कलाकार नयाँ छन् । अनन्त घिमिरे निर्देशित ESCAPE मा प्रदिप खड्का, रीमा विश्वकर्मा, कमल श्रेष्ठ लगाएतको अभिनय रहेको छ । चलचित्रलाई अमिता ढुंगाना र कमल श्रेष्ठले बनाएका हुन् ।

प्रदिप खड्काको लेखन रहेको यो चलचित्रमा चन्द्रमान डमगोलको छायांकन, एलिश कार्कीको पार्श्व संगीत तथा राजु जंग थापाको द्वन्द्व रहेको छ । चलचित्रको रिलिज मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu