जीवन अमेरिका जाने भएपछि सकियो भुलभूलैया’



jiwan-neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘भुलभूलैया’को छायांकन सकिएको यसको निर्माणपक्षले जानकारी दिएको छ । योगेश घिमिरेको निर्देशनमा तयार भएको यो सिनेमाको समाप्ती एक गीत थाती राख्दै गरिएको हो । नायक जीवन लुइटेल शुक्रबार अमेरिकातर्फ लाग्ने भएपछि गीत छायांकन गर्न नसकिएको हो ।

दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको यो सिनेमामा जीवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई यसअघिका आफ्ना सिनेमा भन्दा निक्कै स्तरिय बनाएको निर्देशक योगेश घिमिरेले दाबी गरेका छन् ।

चलचित्रको कथावस्तु एक वुद्धाआश्रममा घुमेको छ । जहाँबाट प्रेम र द्वन्द्वको विकास हुन्छ ।

बाँकी रहेको एक गीतको छायांकन भदौ २८ गते गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रलाई चैत्र महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu