इजरायलमा ‘कोहिनुर’ प्रदर्शन हुने



kohinoor-shree-sweta1

ठुलोपर्दा डटकम, इजरायल ।
नेपालमा सफलतापुर्वक चौथो हप्तामा प्रदर्शन भइरहेको स्व. नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’ आगामी १४ नोभेम्बर (शुक्रवार) का दिन इजरायलमा देखाइने भएको छ ।

इजरायलमा कार्यरत चलचित्रकी नायिका तथा श्रीकृष्णकी श्रीमती स्वेता खड्काकी दिदी संगिता खड्का र बहिनी आरिया खड्काको लगानीमा उक्त चलचित्र इजरायलमा देखाइने पक्का भएको पारिवारिक श्रोतले बताएको छ । श्रोतका अनुसार चलचित्रबाट उठेको सम्पुर्ण रकम स्व. श्रीकृष्णको नाममा खडा गरिन लागेको अक्षयकोषमा जम्मा गरिने छ ।

चलचित्र कहाँ र कुन समयमा प्रदर्शन गरिने जानकारी भने पछि दिइने बताइएको छ । चलचित्र प्रदर्शन अगाडी नै श्रीकृष्णको श्रद्धाञ्जली सभा आयोजना गरिने जानकारी आएको छ ।

श्रेष्ठको निधन पश्चात उनको अन्तिम फिल्म हेर्न हलहरूमा दर्शकहरूको भीड बढिरहेको छ । आकाश अधिकारीले निर्देशन गरेको ‘कोहिनूर’ मा श्रीकृष्ण र पत्नी स्वेताले नै लगानी गरेका हुन् ।

मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्र श्रीको सपना थियो । उनले आफ्नो सपना त पुरा गरेरै छाडे तर आफैले हलमा गएर हेर्न नपाई उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu