बंगलादेशमा हुने चलचित्र महोत्सवमा नेपालबाट ‘द मिरर’ र ‘चौकठि’



fiestival

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बंगलादेशको आयोजना हुने ‘अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’मा नेपालका तर्फबाट दुई चलचित्र सहभागि भएका छन् । ढाकाको शिल्पकला एकेडेमीमा आज र भोली स्क्रिनिङ् हुने नेपाली चलचित्रहरुमा ‘द मिरर’ र ‘चौकठि’ रहेका छन् । उक्त महोत्सवको उद्घाटनमा बंगलादेशका सञ्चारमन्त्रीको सहभागिता रहने जनाईएको छ ।

बंगलादेशको Dheki Projozona ले आयोजना गरेको उक्त महोत्सवमा नेपालको लागि नेपाली कला सँसकृति झल्किने लघु चलचित्रहरुको माग भएको थियो । नेपाली राजदुतावास ढाकाबाट परराष्ट्र मन्त्रालय हुँदै चलचित्र विकास बोर्डसम्म चलचित्र मागपत्र आईपुगेको थियो ।

सहभागिताका लागि ५ मिनेट देखी ३० मिनेट सम्मका लघु चलचित्रहरु माग भएको थियो । समय धेरै बाँकी नरहेकोले उपलब्ध दुई चलचित्र मात्र उक्त महोत्सवमा पठाउन सकिएको चलचित्र विकास बोर्डका सुचना अधिकृत आनन्द घिमिरेले बताए ।

गोपाल चन्द्र लामिछाने निर्देशित ‘द मिरर’ ग्रामिण महिलाको दिनचर्या कथामा बनेको ६ मिनेट ५५ सेकेण्ड लामो चलचित्र हो । पपुलर मल्टिमियाको ब्यानरमा शक्तिबल्लभ घोरासैनीले बनाएको उक्त लघु चलचित्रमा भगवती अधिकारी, मुस्कान केसी (बाल कलाकार) र लक्ष्मण शेषको अभिनय छ ।

दिपक रौनियार निर्देशित ‘चौकठि’ १८ मिनेट लामो छ । चौकठले प्रगतिवादी विषयलाइ महिलाका पक्षबाट उठाएको छ । उक्त चलचित्रमा रञ्झु झा (जनकपुर बम काण्डमा मारिएकी), घनश्याम मिश्र र आशा मगरातीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu