योगी र थापा चेतनारायण बसुन्धरा सम्मानबाट सम्मानित



basundhara-samman

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
२०५८ सालदेखि प्रदान गरिदै आएको ‘चेतनारायण बसुन्धरा सम्मान पुरस्कार’ २०६९ र २०७० बाट क्रमश वरिष्ठ शास्त्रीय संगीतज्ञ गोपालनाथ योगी र वरिष्ठ कलाकार सेनानी भिम बहादुर थापा सम्मानित भएका छन् । यो पुरस्कार चेतनारायण बसुन्धरा सम्मान पुरस्कार गुठीद्धारा संचालित छ ।

basundhara-samman1

योगी र थापा दुवैलाई नगद २५ हजार ५ सय १ र ताम्रपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा न्युयोर्क कला मञ्च अमेरिकाले प्रदान गर्दै आइरहेको एचिभमेन्ट अवार्ड पनि बाँडिएको थियो । २०६९ सालको उक्त अवार्डबाट वरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझी सम्मानित भए भने २०७० सालको अवार्ड वरिष्ठ लोकगायिका चन्द्रकला शाहले पाइन् ।

basundhara-samman2

कार्यक्रममा चारैजना सम्मानित व्यत्तित्वहरुलाई वरिष्ठ चलचित्रकर्मी यादव खरेल, चेतन कार्की लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा महजोडी, नायक राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, नायिका करिष्मा मानन्धर, हाँस्य अभिनेता दिपकाराज गिरी, हाँस्य कलाकार दिपाश्री निरौला लगायतको सहभागिता थियो ।

basundhara-samman3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu