‘अझै पनि’ द्वारा चलचित्र पत्रकार संघको कार्यशालालाई टि-सर्ट प्रायोजन



ajhai pani 1

ठुलोपर्दा डटकम, काठमाण्डौ । शुक्रवारबाट शुरु भएको तीनदिने चलचित्र पत्रकारिता कार्यशालामा आवश्यक टि-सर्ट लाई नेपाली चलचित्र ‘अझै पनि’ले प्रायोजन गरेको छ । प्रायोजित टि-सर्ट सहित कार्यशालामा सहभागी हुन चलचित्र पत्रकारहरुको टोली बिहिवार नै हेटौडा पुगेको छ । कार्यशालामा वरिष्ठ चलचित्र पत्रकारहरु अखण्ड भण्डारी, भरत शाक्य, डब्बु क्षेत्री, राजेश खनाल, विजयरत्न तुलाधार लगायतले सहजिकरण गर्नेछन् ।

चलचित्र पत्रकार संघको आयोजना तथा मकवानपुर शाखाको स्थानिय संयोजनमा हुने कार्यशालामा सहभागि करिव ५० जना चलचित्र पत्रकारले ‘अझै पनि’ लेखिएको टि-सर्ट लगाएका छन् । ‘अझै पनि’ फागुन १५ मा रिलिज हुँदैछ ।

‘हाम्रा लागि सञ्चारकर्मी साथीहरु सबैभन्दा बढि महत्वपूर्ण हुनुहुन्छ, त्यसकारण हामीले चलचित्र पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघले आयोजना गरेको बृहत कार्यशालालाई शुभकामना सहित उक्त सहयोग गरेका हौँ’ चलचित्रकी निर्माता पुनम क्षेत्री गौतमले बताईन्, ‘हाम्रो सानो सहयोगले मात्र कार्यशाला पूर्ण नभएतापनि सञ्चारकर्मी र ‘अझै पनि’को भावनात्मक सम्बन्ध अझै सुदृढ भएको महशुस गरेकी छु’ ।

यो चलचित्रलाई आलोक नेम्वाङ्ले निर्देशन गरेका हुन् । ‘अझै पनि’मा सुदर्शन थापा र पुजा शर्माको मूख्य भूमिका छ । यी दुई कलाकारसँगै बिजय लामा, बिशाल ढूङ्गाना, सुरक्षा पन्त, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरु अभिनयमा छन् ।

चलचित्र सामाजिक तथा प्रेमकथामा आधारित छ । चलचित्रमा विशेषतः ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu