गोर्खा सैनिकको बहादुरी देशैभर चल्दै



nishani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कारगिलको युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको कथामा आधारित चलचित्र निशानी यो साता रिलिज भएको चलचित्र हो । वीर गोर्खालीको कथामा आधारित रहेर तयार यो चलचित्रमा इण्डियन आइडल बनेका चर्चित गायक तथा नायक प्रशान्त तामाङ्को अभिनय रहेको छ । यसअघि उनले अभिनय गरेको चलचित्र ‘गोर्खा पल्टन’ सुपरहिट भएको थियो ।

विनोद सेरेङको निर्देशनमा बनेको निशानी भारतको सिक्किम, ईलाम र लमजुङ्को घले गाउँमा छायांकन गरिएको छ । प्रशान्तका अलावा सुरज रानाभाट, अनु गुरुङ, गायिका बिष्णु चेम्जोङ, प्रेम सुब्बा कोपिला थापा, शिरु बिष्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनाई कमर्सियल प्रा.लि.को प्रस्तुति रहेको ‘निशानी’मा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । चलचित्र बिनोद सेरेङकै कथा, संवादमा तयार भएको हो । यो चलचित्रलाई युवराज राईले खिचेका हुन् भने चलचित्र ‘निशानी’मा जनक गुरुङको द्वन्द्व, बि.बि. अनुरागीको संगीत तथा नृत्य गोविन्द राई र शिव शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu