‘नेपाली चलचित्र उद्योगलाई कलिउड नभनौँ’



bharat-shakya

अनिल यादव, हेटौडा ।
चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्यले नेपाली चलचित्र उद्योगलाई ‘कलिउड’ भनेर सम्बोधन गर्न नहुने बताएका छन् । शुक्रबारबाट हेटौडामा शुरु भएको तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला २०७१’ मा उनले सो कुरा बताएका हुन् ।

भारतस्थित कर्नाटकको चलचित्र उद्योगको नाम ‘कलिउड’ हो । तर नेपाली चलचित्र क्षेत्रलाई पनि ‘कलिउड’ भनेर कतिपय पत्रकारहरुले लेख्ने गरेका छन् । ‘लेख्ने की नलेख्ने भन्ने विषयमा चलचित्र पत्रकारहरु विच नै विवाद छ, खासमा के हो’ भन्ने एक सहभागी पत्रकारको जिज्ञासामा शाक्यले भने– ‘यो विषयमा वृहत अन्तरक्रिया गर्न जरुरी छ, तर मेरो व्यक्तिगत सुझाव मान्नुहुन्छ भने अहिले नै ‘कलिउड’ भनेर नलेखौँ ।

कार्यशालाको उद्घाटन विहान ९ वजे दिप प्रज्वलन सहित गरिएको थियो । उद्घाटन समारोहमा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष शाक्य, वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, वर्तमान मकवानपुर अध्यक्ष रामशरण दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष प्रताव विष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापन गर्दै चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष शान्ति प्रियले चलचित्र पत्रकारितालाई संगठित एवं मर्यादित बनाउन कार्यशालाले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।

कार्यशालामा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधारले ‘चलचित्र पत्रकारिता इतिहासदेखि वर्तमानसम्म’ विषयमा कार्यपत्र प्रस्तुत गरिसकेका छन् । छापादेखि विद्युतियसम्मको चलचित्र पत्रकारिताको इतिहास समेटिएको उक्त कार्यपत्रमाथि वृहत छलफल भएको थियो ।

त्यस्तै, चलचित्र क्षेत्रमा मकवानपुरले दिएको योगदानको विषयमा पनि चलचित्र पत्रकार संघ मकवानपुर शाखाका सचिव मणिराज गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । विद्युतिय सञ्चारमाध्यममा चलचित्र पत्रकारिताका विषयमा भरत शाक्यले सहजिकरण गर्ने बताइएको छ ।

शनीवार विहान १० वजेदेखि निरन्तर हुने कार्यशालामा डिजिटल क्यामेरा देखि पर्दा सम्म, पत्रकारिताको भाषा र चलचित्र पत्रकारिता र आचार संहिताको विषयमा वरिष्ठ पत्रकारहरु कपिल पराजुली, अखण्ड भण्डारी र डब्बु क्षेत्रीले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा तीन दर्जन बढी चलचित्र पत्रकारहरु मुलुकभरबाट सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu