रिलिज अगावै लगानि उठ्यो ‘हिम्मतवाली’को, ओभरसिजमा मात्रै १ करोड अनुमान



himmatwali-ad

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका रेखा थापाको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘हिम्मतवाली’ले रिलिज अगावै लगानि सुरक्षित गरेको छ । रेखाले राजधानी बाहिरका वितरक उज्ज्वल पौडेललाई चालिस लाखमा अधिकार बेचिसकेकी छिन् भने बुढासुब्बा म्यूजिकलाई संगीत अधिकार दश लाखमा बेचेकी छिन् ।

यूरोपका विभिन्न ठाउँहरु, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया लगाएतका देशमा समेत ‘हिम्मतवाली’ बिक्रि भईसकेको छ । ओभरसिजबाट मात्रै १ करोड ग्रस उठाउने दावी गरिएको छ । चलचित्रको लागत विदेशबाटै उठाईसकेको रेखाले बताएकी छिन् ।

चलचित्रमा रेखासँगै दुवै हात नभएका सुदर्शन गौतमको मुख्य भूमिका छ । अपांगता भएको व्यक्तिको कथा चलचित्रले बताउनेछ । ‘हिम्मतवाली’ले ‘अपांगता असक्षमता होईन’ भन्ने नारा बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu