सुवास थापाले धुम्रपान त्यागे !



Subas-Thapa-Pkr

अपिल त्रिपाठी, पोखरा ।
‘बिर्खे’ अभिनेता तथा निर्माता सुवास थापाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन त्यागेका छन् । आइतवार पोखरामा सुवासले अव देखी धुम्रपान तथा सुतीजन्य पदार्थ त्यागेको ब्यहोराको ब्यानरमा हस्ताक्षर समेत गरे ।

यद्मपी उनले फिल्मको दृश्यमा धुम्रपान गर्न सक्ने अवस्थालाई भने जिवीतै राखेका छन् । प्रसङ्ग हो, राष्ट्रिय बाल दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमको । पोखराको मुस्कान क्लवले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी थिए ‍’बिर्खे’ अर्थात सुवास थापा । सो क्लवको पहलमा पोखरा उप महानगरपालिकाको वडा नं १३ को केही क्षेत्रलाई खुल्ला धुम्रपान निशेधित क्षेत्र घोषणा गरीएको छ ।

कार्यक्रममा बोल्दै सुवासले उपस्थित करीब ४ सय बालबालिकालाई कुलतमा नफस्न आग्रह गरे । अनि धुम्रपान निषेधित क्षेत्र घोषणा गरीएको ब्यानरमा हस्ताक्षर समेत गरे । दोस्रो हप्तामा प्रदर्शनरत चलचित्र ‘बिर्खेलाई चिन्छस्’ का अभिनेता तथा निर्माता सुवासलाई हेर्न पोखरा मियापाटनका स्कुले बालबालिकाहरुको ताती नै लाग्यो । सोही कार्यक्रममा सुवासले आफ्नो फिल्मको बारेमा बालबालिकाको प्रतिक्रिया समेत लिन भ्याए । उनले बालबालिकालाई भने – “तपाईहरु बिर्खे जस्तो हुनु हुन्न है, राम्ररी पढ्नु पर्छ ।”

Subas-Thapa-Pkr1

‘को आफ्नो’ फिल्मको सुटिङलाई पोखरा आएका सुवासले आइतबार नै पोखराको बाराही सिनेमा हलमा दर्शकसंग बसेर आफ्नो फिल्म ‘बिर्खेलाई चिन्छस’ हेर्न समेत भ्याए । “पोखराका दर्शकले दिएको प्रतिक्रियाले उत्साहीत बनाएको छ” सुवासले भने – “दोस्रो हप्तामा पनि पोखरामा यति धेरै दर्शक फिल्म हेर्न आउनुभएको छ, फिल्म निर्माणमा सफल भएको अनुभुति भैरहेको छ । ” भाद्र २० बाट प्रदर्शनमा आएको ‘बिर्खेलाई चिन्छस’ ले पोखराको बारहीबाट मात्रै आइतवारसम्म करीब चार लाख ग्रस कलेक्सन गरेको हल स्रोतको जानकारी छ ।

पोखरामा प्रदर्शनरत ‘कोहीनुर’ र यो शुक्रबारे फिल्म ‘निशानी’ संग ‘बिर्खे’ ले प्रतिषपर्धा गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu