कान्छो निर्देशकको काम देखेर प्राविधिक दंग



lov

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यतिबेला चलचित्र बजारमा आठ बर्षिय बालक सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘लभ यू बाबा’ को चर्चा छ । असाधारण प्रतिभाका धनि सौगात विष्टको निर्देशनमा कस्तो चलचित्र बन्ला भनेर जिज्ञासा भइरहेकै बेला चलचित्रका प्राविधिकहरु दंग छन् ।

मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु-छोरी विचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटीएको यो चलचित्र यतिबेला सम्पादन कोठामा छ । निर्देशक पछिको अर्को महत्वपूर्ण पक्ष सम्पादन हो । सम्पादकले नै चलचित्र यूनिट मध्यमा सबैभन्दा बढि नजिकबाट निर्देशकलाई चिन्ने अवसर पाउँछन् ।

एक आठ बर्षिय बालकको काम देखेर चलचित्र सम्पादक प्रितम पाण्डे अचम्मित छन् । “जब चलचित्र बनाउने कुरा भयो गजित जीले आफ्नै आठ बर्षिय छोराले निर्देशन गर्छ भनेर सुनाउनु भयो । मलाई बिश्वास नै थिएन की आज यो नतिजा आउला भनेर” सम्पादन कक्षबाट ठुलोपर्दा डटकमसँग कुरा गर्दै सम्पादक पाण्डेले भने, “जब चलचित्र छायांकन पछि सम्पादनमा आयो तब महशुस भयो की उहाँ कुनै नयाँ निर्देशक होइन । दर्जन चलचित्रको निर्देशन अनुभव पछि ‘लव यू बाबा’ निर्देशन गरेको जस्तो लागेको छ” ।

चलचित्रमा निर्देशककी दिदि संगम विष्टको मूख्य भूमिका छ । निर्देशकका पिता गजित बिष्ट पनि मूख्य भूमिकामा छन् । चलचित्रमा गजित र संगमको अलावा निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेल आदी को मुख्य भुमिका रहेको छ ।

चलचित्रको कथा गजित विष्ट नै हो भने पटकथा तथा कोरीयोग्राफी गम्भिर विष्टले गरेका छन् । छांयाङ्कन दिव्य सुवेदिको रहेको छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तले गरिरहेका छन् । चलचित्रमा दिपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।

सौगात विष्टले निर्देशन गरेको यो चलचित्र प्रदर्शन पछि उनि विश्वकै कान्छो निर्देशकका रुपमा चिनिनेछन् । मंसीर अन्तिम साता यो चलचित्रको रिलिज गर्ने लक्ष्य राखीएको छ । चलचित्रको निर्माता सम्झना पोखरेल हुन् भने सह-निर्माता रोशनी बज्राचार्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu