चलचित्र पत्रकारिताबारे तीन दिने कार्यशाला आइतबार समापन



work

ठुलोपर्दा डटकम, हेटौँडा ।
‘चलचित्र पत्रकारितालाई संगठित र मर्यादित बनाऔ’ भन्ने मुल नाराका साथ चलचित्र पत्रकार संघले हेटौँडामा आयोजना गरेको तीन दिने कार्यशाला आइतबार समापन भएको छ । भदौ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा मुलुकभरबाट चार दर्जन बढी चलचित्र पत्रकारहरु सहभागी भएका थिए ।

चलचित्र पत्रकार संघ हेटौंडा शाखाको संयोजकत्वमा सम्पन्न कार्यशालामा संघका संस्थापक अध्यक्ष भरत शाक्यले कार्यशालाले सहभागी पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा राखे । यस्तै संघका अध्यक्ष शान्तिप्रियले तीन दिने कार्यशाला फिल्म पत्रकारका लागि उपलब्धिमूलक रहेको बताए । यता सहभागी पत्रकारले कार्यशालाबाट धेरै कुरा सिक्न पाएको बताए ।

कार्यशालाको पहिलो दिनमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले ‘चलचित्र पत्रकारिता इतिहासदेखि वर्तमानसम्म’को कार्यपत्र प्रस्तुत गरेका थिए । वरिष्ठ फिल्मकर्मी मोहन निरौला र चलचित्र पत्रकार राजेश खनालले चलचित्र आलेखसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थापक अध्यक्ष भरत शाक्यले विद्युतीय सञ्चार माध्यममा चलचित्र पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै पत्रकार डब्बु क्षेत्रीले चलचित्र पत्रकारिता र आचारसंहिताको बारेमा प्रशिक्षण दिएका थिए भने अर्का पत्रकार कृष्ण भट्टराईले भाषाको बारेमा प्रशिक्षण दिएका थिए । एनिमेटर कपिल पराजुलीले डिजिटल क्यामेरादेखि पर्दासम्म विषयमा प्रशिक्षण दिएका थिए ।

यसैगरी हेटौंडा शाखाको तर्फबाट संघका सचिव मणिराज गौतमले फिल्म क्षेत्रमा मकवानपुरले दिएको योगदानको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने जिल्ला पर्यटन विकास समिति मकवानपुरका सदस्य सचिव रामकृष्ण थापाले मकवानपुर फिल्म सुटिङका लागि प्राकृतिक स्टेडिएम भएको बताउँदै एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालामा चलचित्र पत्रकारले कला क्षेत्रमा पुर्‍याउनुपर्ने योगदानबारे चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu